क्रिकेटको विश्व वरीयतामा ३ स्थान माथि उक्लियो नेपाल, पहिलोपटक ११ औं स्थानमा « Khabarhub

क्रिकेटको विश्व वरीयतामा ३ स्थान माथि उक्लियो नेपाल, पहिलोपटक ११ औं स्थानमा


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तर्राष्ट्रि क्रिकेट परिषद (आईसीसी)ले ट्वान्टी–२० क्रिकेटको नयाँ वरीयता सार्वजनिक गरेको छ । जसमा नेपाल २१२ अंकसहित ११ औं स्थानमा उक्लिएको छ ।

नेपाल अगाडि वंगलादेश १० औं स्थानमा छ । नेपाल यसअघि १४ औं स्थानमा थियो ।

पछिल्लो पटक युएईविरुद्धको ट्वान्टी–२० सिरिज २–१ ले जितेको नेपालले विश्व वरीयतामा आफ्नो स्थान सुधार गरेको छ ।

यसअघि आफूभन्दा माथि रहेका स्कटल्यान्ड, जिम्बाब्वे र नेदरल्याण्डलाई पछि पार्दै नेपाल ११ औं स्थानमा उक्लिएको हो ।

आईसीसीले ८० राष्ट्रिय टिमको वरीयता सार्वजनिक गरेको हो । जसमा पाकिस्तान २८६ अंकसहित पहिलो स्थानमा छ । दक्षिण अफ्रिका २६२ दोस्रो, २६१ अंकसहित इङ्ग्ल्यान्ड तेस्रो, २६१ अंक सहित अस्ट्रेलिया चौथो स्थानमा रहँदा २६० अंकसहित भारत पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : ०५ बजे

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच