दिउँसो कतै जाँदै हुनुहुन्छ ? सवारीका कारण यी रुट हुँदैछन् बन्द « Khabarhub

दिउँसो कतै जाँदै हुनुहुन्छ ? सवारीका कारण यी रुट हुँदैछन् बन्द


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सहभागी हुन अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर जाने भएसँगै सवारी आवागमनमा समस्या पर्ने देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्ने कार्यक्रम रहेको छ ।‍

त्यसका लागि राष्ट्रपति भण्डारी शितलनिवासबाट संसद भवन जाने कार्यक्रम रहेको छ । त्यसक्रममा दिउँसो साढे ३ बजेदेखि महाराजगंज–लाजिम्पाट–लैनचौर–केशरमहल–दरबारमार्ग–जमल–न्यूरोड–भद्रकाली–सिंहदरबार–माईतिघर–नयाँबानेश्वर सम्मका सडकहरुमा सवारी साधन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उक्त समयमा ति रुटहरुको प्रयोग गर्ने सवारी चालकहरुलाई बैकल्पिक मार्गको प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।

वैकल्पिक मार्गका लागि महाराजगंज–बालुवाटार–नक्साल–जयनेपाल–कमलपोखरी–पुलतीसडक–अनामनगर– थापागाउँ वा चक्रपथको बाटो प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्यमा सहयोग गरि दिन हुन महाशाखाले अनुरोध गरेको छ ।

विशिष्ट व्यक्तिको सवारीका क्रममा सडक खाली गराइँदा सवारी चालक र सर्वसाधारणले सास्ती व्यहोर्ने गरेको भन्दै चर्को विरोध हुने गरेको भएपनि भीभीआइपी सवारीका क्रममा सडक खाली गर्ने परम्परा अन्त्य हुन सकेको छैन ।

गणतन्त्रमा पनि राजतन्त्रको झल्को दिने गरि राष्ट्रपति वा भीभीआईपीको सवारीका क्रममा सडक खाली गर्ने गरिएको भन्दै विरोध हुने गरेको छ ।

यसअघि पनि राष्ट्रपतिको चीन भ्रमण र भ्रमण सकेर स्वदेश फर्कने क्रममा सडक खाली गराइएको भन्दै जाममा परेका चालकहरुले हर्न बजाएर विरोध जनाएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : ४४ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै