कर्मचारी समायोजनको समस्या एक महिनामै समाधान गर्ने सरकारको तयारी « Khabarhub

कर्मचारी समायोजनको समस्या एक महिनामै समाधान गर्ने सरकारको तयारी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारले कर्मचारी समायोजनका सम्बन्धमा आएका गुनासा यही महिना भित्रै संबोधन गर्ने जनाएको छ ।

साथै समायोजनका क्रममा समस्यामा परेका कर्मचारीका सम्बन्धमा पहिलेको निर्णयमा पुनर्विचार गर्ने पनि सरकारको तयारी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनाका सम्बन्धमा आएका सबै गुनासा वैशाख महिनाभित्रै संबोधन गर्ने बताए ।

शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भने, ‘समायोजनका सन्दर्भमा प्रशासन समूहका कर्मचारीको धेरैजसो टुंगिसकेको छै । स्वास्थ्यमा धमाधम काम भइरहेको छ ।’

मन्त्री पण्डितले समायोजन सम्बन्धी सबै गुनासोको एक हप्ताभित्रै समाधान गर्नेगरी काम भइरहेको उल्लेख गर्दै बढीमा यो महिनाभित्र सबै काम सकिने बताए ।

‘महिला र कडा रोग लागेका कर्मचारीको गुनासोलाई पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ । महिलालाई उहाँहरुको पहिलो रोजाइलाई प्राथमिकता दिइएको छ,’ पण्डितले भने, ‘कडा रोग लागेका कर्मचारीलाई उपचारको लागि पायक पर्ने र परिवारको नजिक पर्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको छ ।’

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  २ : २८ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र