काठमाडौं– कर्णाली प्रदेशकाे विकासका लागि आगामी ६ महिनाभित्रै गुरुयोजना तयार पारिने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि गुरुयोजना तयार पारिने बताएका हुन् ।
शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले आगामी ६ महिनामा कर्णाली प्रदेशको विकासका लागि गुरुयोजना तयार पारिने बताए । सडक, बिजुलीलगायतका क्षेत्रमा ध्यान दिएको र एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउन लागिएको पनि उनले जानकारी दिए ।
मुख्यमन्त्री शाहीले संघीय सरकारले प्रदेश र स्थानीय तहका सरकारलाई समन्वय गरेर काम गर्न नसकेको धारणा राखे । ‘संघ, प्रदेश र स्थानीय तह सरकारबीच समन्वय हुन नसकेर काममा विवाद भएको छ,’ उनले भने, ‘संघले प्रदेश र स्थानीय तहलाई समन्वय गर्न अगाडि बढ्नुपर्ने छ ।’
प्रतिक्रिया