नेपालमा फानीको प्रभाव– सगरमाथाको दोस्रो क्याम्पबाट २० वटा टेन्ट उडायो « Khabarhub

नेपालमा फानीको प्रभाव– सगरमाथाको दोस्रो क्याम्पबाट २० वटा टेन्ट उडायो


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हावाहुरीले सगरमाथा आरोहण दलका सदस्यका लागि राखिएको करीब २० वटा टेन्ट उडाएको छ ।

सरगरमाथा आरोहणका लागि बनाइएको दोस्रो क्याम्पमा रहेका करिब २० बटा टेन्ट नष्ट भएको एक्सपीडिसन एसोशिएसनका सचिव इश्वरी पौडेलले जानकारी दिए । उनले ७ हजार मिटरभन्दा माथि कालो बादलले छोपेको र हावाको गति पनि ८०–९० किमि प्रतिघन्टाको गतिमा चलेको बताए ।

बंगालको खाडीबाट चलेको चक्रवात फानीका कारण शुक्रवार नेपालमा पनि प्रभाव पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् विभूति पोखरेलले हिमाली क्षेत्रमा फानीले प्रभाव पार्ने बताइन् ।

‘हामीले धेरै अघिदेखि भरिहेका छौं । यसको प्रभाव कत्तिको पर्छ अहिले नै भन्न सक्ने अवस्था छैन । त्यसैले सबै आआफ्नो रुपमा सचेत हुनुपर्छ,’ पोखरेलले भनिन्, ‘विशेषगरी हिमाली क्षेत्रमा मानिसले धेरै सचेतना अपनाउनुपर्ने देखिएको छ । सकेसम्म हिमाल आरोहण गर्ने व्यक्तिहरु तल र सुरक्षित ठाउँमा बस्नु राम्रो हुनेछ ।’

समुन्द्री आँधी जमिनमा पुग्नेवित्तिकै प्रभाव कम पर्ने भएकाले नेपालमा ठूलो असर नगर्ने अनुमान गरिएको उनको भनाइ छ ।  यसको प्रभाव आज शुक्रबार र भोलि शनिबारसम्म हुने उनले बताइन् ।

यसैबीच पर्यटन विभागले पनि शुक्रबार सूचना जारी गरी पर्यटक र तीनका एजेन्सीहरुलाई सचेत गराएको छ।  ‘स्थानीय मौसमको ख्यालगरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्न’ भनेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ३ : ५८ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख