नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : राष्ट्रपति भण्डारी « Khabarhub

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : राष्ट्रपति भण्डारी


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छन् ।

शुक्रबार संघीय संसदको संयुक्त वैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो चीन भ्रमणबाट दुवै देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले वर्तमान सरकार राष्ट्रिय कार्यभार पूरा गर्न काम गरिरहेको पनि बताइन् । सबै किसिमका संक्रमण अन्त भइ शान्ति र स्थायित्व कायम भएको पनि राष्ट्रपतिको भनाइ छ ।

सरकार गठन भएपछि कानून तर्जुमा गर्ने काम सम्पन्न भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा सबैलाई एकजुट बनाउन सरकार सफल भएको पनि गरिन् ।

पृथकतावादको अन्त्य भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संविधानको सर्वस्वीकार्यतामा अब विमति नरहेको पनि बताइन् ।

‘जनअभिमतलाई सम्मान गर्ने सबै शक्तिहरु संविधानलाई आत्मसाथ गरी मूलधारमा आउनु असाधारण उपलब्धी हो,’ राष्ट्रपति भण्डारीले भनिन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : २६ बजे

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने