आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी राबडा स्वदेश फिर्ता « Khabarhub

आईपीएलका सर्वाधिक विकेट लिने खेलाडी राबडा स्वदेश फिर्ता


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो राबडाले इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेल नखेल्ने भएका छन् । शुक्रबार स्वेदेश फर्किएपछि उनले आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।

आईपीएलमा सर्वाधिक विकेट लिएका राबडाले  १२ खेलबाट २५ विकेट लिएका छन् । गएको बुधबार सम्पन्न चेन्नई सुपर किङ्ससँगको खेलमा ढाडको समस्याका कारण उनलाई दिल्ली क्यापिटल्सले आराम दिएको थियो ।

दिल्लीलाई प्लेअफसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका रबाडाको ढाडमा समस्या देखिएपछि स्वदेश फर्किएका हुन् । मे ३० देखि शुरुहुन लागेको विश्वकप क्रिकेटमा अफ्रिकाको टिममा रहेका छन् । विश्वकप नजिकिँदै गर्दा इन्जुरी देखिएपछि उनी स्वदेश फर्किएका हुन् ।

उनी नखेल्ने भएपछि अब उनको स्थानमा दिल्लीका लागि भने दबाब शृजना भएको छ । यो सिजनमा उनले दिल्लीलाई कोलकाताविरुद्धको खेल सुपर ओभरमा जीताएको खेल निकै चर्चामा रह्यो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ४ : ३३ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही