भूमाफियाले कब्जा गरेको सबै सरकारी जग्गा १ वर्षभित्रै फिर्ता ल्याइने « Khabarhub

भूमाफियाले कब्जा गरेको सबै सरकारी जग्गा १ वर्षभित्रै फिर्ता ल्याइने


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अतिक्रमणमा परेका सबै सार्वजनिक तथा सरकारी जग्गाहरु भूमाफियाबाट फिर्ता ल्याएर सरकारी कायम गर्ने भएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै अतिक्रमणमा परेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता ल्याउने विषय उल्लेख छ ।

संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी जग्गामाथिको सबै प्रकारको अतिक्रमण हटाइने पनि बताइन् ।

सरकारी जग्गामाथि अतिक्रमण गर्ने र अतिक्रमणमा संलग्न सबैमाथि छानबिन गरी कडा कारबाही गरिने विषय पनि राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : २४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर