प्रधानमन्त्री ओली आश्चर्यचकित ! « Khabarhub

प्रधानमन्त्री ओली आश्चर्यचकित !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास आयोजना समावेश गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन नदिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले स्पष्ट गरेका छन् ।

प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज वक्तव्य जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उल्लेख गरिएझैँ प्रधानमन्त्रीले आफैँ अध्यक्ष रहेको आयोगलाई पत्र नपठाएको बताएका छन् ।

“सांसद सम्पर्क कार्यालयमा सङ्कलन गरिएका आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशनबेगर निजी सचिवालयबाट भूलवशः राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको रहेछ”, सल्लाहकार डा अर्यालले जारी गरेको वक्तव्यमा भनिएको छ । प्रधानमन्त्रीको जानकारीमा नरहेको उक्त पत्रबाट ‘प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी हुनुभएको’ वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ५ : ३७ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६