मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना « Khabarhub

मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना


२० जेष्ठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हेटौँडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।

काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उनको उपचार भइरहेको छ । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि आइतबार भर्ना भएका हुन् । यसअघि पौडेलको हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो । ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् ।

मुख्यमन्त्रीको सचिवालयले जनाए अनुसार पौडेलको गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरिरहेको छ । उपचारमा खटिएका चिकित्सकका अनुसार मुख्यमन्त्री पौडेलले एक हप्ता आराम गर्नुपर्नेछ । पौडेल अस्पताल भर्ना भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठक प्रभावित हुने भएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  ११ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको