मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना | Khabarhub Khabarhub

मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


हेटौँडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।

काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उनको उपचार भइरहेको छ । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि आइतबार भर्ना भएका हुन् । यसअघि पौडेलको हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो । ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन् ।

मुख्यमन्त्रीको सचिवालयले जनाए अनुसार पौडेलको गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरिरहेको छ । उपचारमा खटिएका चिकित्सकका अनुसार मुख्यमन्त्री पौडेलले एक हप्ता आराम गर्नुपर्नेछ । पौडेल अस्पताल भर्ना भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठक प्रभावित हुने भएको छ ।

 

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ११ : ५० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग