कांग्रेस सांसद रिजालले फेरि पत्ता लगाए बजेट पुस्तिकामा त्रुटी | Khabarhub Khabarhub

कांग्रेस सांसद रिजालले फेरि पत्ता लगाए बजेट पुस्तिकामा त्रुटी


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसुची २ मा त्रुटी भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरि भन्ने विषय अन्र्तगतका ख , घ र ङ मा उल्लेख भएका विषय संग जोडिएको अनुसुची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटी सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने “कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैयाँ थप आउँछ भनि लेखिएको छ । बर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो । वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ । यसरी जोड्ने हो भने त्यो भन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६÷ ७७ को लक्षमा ११ खर्ब १२ अर्ब राखिएको छ । नया संरचना परिर्वतनबाट कर थपिने हो कि घट्ने हो ? नयाँ परिवर्तनबाट थपिने हो भने जोडिनुपथ्र्यो । कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिर्वतनबाट जोडिनुपर्ने हो । ”

उनले बजेट पुस्तिकाको यो त्रुटी सामान्य त्रुटी नभएको जिकिर गरे ।

राजश्वको अनुमान ठिक नभएको अवस्थामा बजेटमाथिको छलफल गर्नु अध्याँरोमा कुरा गर्या जस्तो मात्रै हुने उनले तर्क थियो ।

रिजालले भने “हामीले करका दर परिर्वतन गरेर राजश्व घटाउदै छौ कि बढाउदै छौ ? अर्थमन्त्री ज्युबाट त्यो जानकारी आवश्यक छ । राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिकाहरु र अनुसूचीहरु पनि भवितव्यमा परेका छन् । भवितव्यमा नपरोस् । राजनीतिक सन्त्रास नलिने परिस्थिति बनोस् । ”

सांसद रिजालले सोमबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसंग समय मागेर बोल्दै बजेट पुस्तिकामा भएको त्रुटी बारे ध्यानाकर्षण गराएका हुन् । यसअघि आइतबारको बैठकमा पनि रिजालले बजेट पुस्तिकामा रहेको त्रुटी संसदमा भनेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १२ : ३५ बजे

दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु

काठमाडौं– दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न त्रिविले बनायो छानबिन समिति 

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको मानविकी तथा

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर