गुठी सम्बन्धि विधेयक भूमाफियाको पक्षमा छ– सरोकारवाला | Khabarhub Khabarhub

गुठी सम्बन्धि विधेयक भूमाफियाको पक्षमा छ– सरोकारवाला


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले संसदमा दर्ता गरेको ‘गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक–२०७५ ’ का कतिपय प्रावधानहरु आपत्तिजनक भएको सरोकारवालाहरुले बताएका छन् ।

राजधानीमा नेपाल गुठी संरक्षण पुचःद्वारा आयोजित अन्तक्रियामा गुठीसँग सम्बन्धित सरोकारवाला व्यक्तिसँग छलफल नै नगरी एकपक्षीय ढंगले विधेयक ल्याएको र सो विधेयक भूमाफियाको पक्षमा रहेको भन्दै चर्को विरोध गरे ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डन, गुठी पुचका डा. मदन मानन्धर, पूर्व प्रशासक केशवबहादुर भण्डारी, पूर्वमन्त्री दीपक ज्ञवाली, पुचका अध्यक्ष केदारभक्त माथेमा लगायतको उपस्थिती रहेको थियो ।

गुठीका जग्गा संरक्षणका लागि ०२१ सालमा गुठी संस्थानको स्थापना भएको थियो । सरकारले गुठीलाई जग्गा रुपमा मात्र हेरेको बताउँदै गोविन्द टन्डनले भने,‘गुठी त हाम्रो सँस्कृति हो, संस्कार हो ।’  सो विधेयकले सम्पदा संरक्षण नगर्ने टन्डनले बताए ।

‘सरकारले दर्ता गराएको यो विधेयकले नेपालमा चलिआएको सनातन धर्म नै लोप हुन्छ’ टण्डनले भने । टन्डनले विधेयक पुनर्विचार गर्नसमेत माग गरेका छन् ।

गत वैशाख १९ गते संसदमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले दर्ता गरेको विधेयकमा गुठी संस्थानलाई खारेज गरी प्राधिकरण गठन गर्ने र प्राधिकरण मातहत देशभरिका सबै गुठी ल्याउने प्रस्ताव गरिएको थियो ।

गुठी सञ्चालन गरिरहेका व्यक्तिहरुसँग कुनै जानकारी नगरी सुटुक्क विधेयक ल्याएको पुचःका अध्यक्ष केदारभक्त माथेमाले बताए । शिक्षविद्समेत रहेका माथेमाले सो विधेयक रोक्न कडा कदम चाल्ने चेतावनी दिए ।

त्यस्तै सरकारले गुठीको अवहेलना गर्दै सरकारले यो विधेयक ल्याएको पूर्वमन्त्री दीपक ज्ञवालीले बताए । उनले भने, ‘यो विधेयक पास भयो भने हाम्रो धर्म सँस्कृति नै लोप हुन्छ’ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : ०१ बजे

राष्ट्रपति पौडेल दोहामा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८

शंकर पोखरेल भन्छन्- जनता कसको पक्षमा छन् भन्‍ने एमालेले चाँडै देखाउँछ

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन्

सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण

महाकवि विद्यापति ः जसको कविताले शासकलाई घुँडा टेकायो

मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम सम्वत १४०७ मा प्राचीन

पारिश्रमिक तथा सुविधा कटौती नगर्न निर्देशन

लुम्बिनी– लुम्बिनी प्रदेशसभाअन्तर्गतको प्रदेश मामिला तथा कानुन समितिले प्रदेशअन्तर्गत प्रदेशसभाका