भन्सार शुल्क वृद्धिसँगै सुनको मूल्य आकासियो « Khabarhub

भन्सार शुल्क वृद्धिसँगै सुनको मूल्य आकासियो


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बजेटमार्फत सुन आयातमा भन्सार वृद्धि गरेपछि नेपाली बजारमा सुनको भाउ महंगिएको छ । सरकारले आव २०७६/७७ को बजेटमा प्रति १० ग्राम ८ सय ५० रुपैयाँले सुनमा भन्सार वृद्धि गरेको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।

गत बुधबार सरकारले बजेट वक्तव्य जारी गरेको थियो । उक्त दिन सुनको भाउ प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसको भोलिपल्टसम्म सुनको भाउ स्थिर रहेपनि बजारमा काँचो सुनको भने अभाव रह्यो । शुक्रबार सुनको भाउ एकैपटक १५ सय रुपैयाँले बढेर ६१ हजार पुग्यो । दुईदिन भित्र यति ठूलो मूल्य अन्तरमा यस वर्ष सुनको कारोबार भएको थिएन ।

यस्तै, सुनको मुल्य थप ५ सयले बढेर वर्षकै कीर्तिमान कायम गर्दै आईतबार प्रतितोला ६१ हजार ५ सयमा कारोबार भयो । सोमबार भने सुनको भाउ स्थिर रहँदै ६१ हजार ५ सयमै कारोबार भइरहेको छ । एक्कासी सुनको भाउ बढ्नुको अर्को कारण अन्तर्राष्ट्रिय बजारको मूल्यमा भएको बद्धि पनि हो । एकसाता अघि मात्र अन्तर्राष्ट्रिय बजारमा सुन प्रति आउन्स (२८.३४ ग्राम) २० अमेरिकी डलरले बद्धि भएको थियो । सुनको अन्तर्राष्ट्रिय मूल्यमा आएको वृद्धिका कारण पनि एक साताभित्र प्रतितोला ८ सय रुपैयाँ बढ्न गएको देखिन्छ ।

सुनचाँदी व्यवसायी महासंघका अध्ययक्ष मोहनकुमार सुनारले भन्सार शुल्क वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्न जाँदा नेपालमा मूल्य वृद्धि हुनु स्वभाविक भएको बताए । तर यसरी ह्वात्तै भाउ बढ्दा त्यसअसर बजारमा परेको उनले बताए । अध्यक्ष सुनारकाअनुसार बजारमा सुनको भाउ बढेसँगै ग्राहकको चाप पनि घटेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा भाउ पनि बढ्नु, सरकारले भन्सार शुल्क पनि बढाउनु । जसले गर्दा नेपाली बजारमा पनि सुनको भाउ महँगिएको छ ।’ उनले भने, ‘यसको असर बजारमा पर्न जाँदा अहिले सुन पसलमा ग्राहकको चाप ह्वात्तै घटेको छ ।’

उपभोक्ताहरु सुनको मूल्य घट्ने पर्खाइमा रहेकाले पनि पसलमा सुन किन्नेको चाप घटेको व्यापारीहरुको भनाइ छ । भाउ महँगिए पनि विवाहका लागि सुन किन्नेहरु फाट्टफुट्ट आउने गरेको सुन व्यवसायीले बताए ।

यस पटकको आर्थिक विधेयकमार्फत सरकारले बैंकले आयात गर्ने सुनमा मात्र नभएर विदेशमा बस्ने नेपालीले भित्र्याउने सुनको भन्सार शुल्कसमेत बढाएको छ । जेठ र असारमा वैवाहिक लगन अधिक भएकाले यसको प्रत्यक्ष असर विवाह गर्नेहरुलाई पर्न जाने देखिन्छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १ : ३८ बजे

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा