श्रीलङ्का प्रहरी प्रमुख पक्राउ « Khabarhub

श्रीलङ्का प्रहरी प्रमुख पक्राउ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– आत्मघाती आक्रमण रोक्न नसकेको आरोपमा श्रीलङ्का प्रहरीले आफ्नै कमाण्डरलाई पक्राउ गरेको छ। आक्रमणमा दुई सय ५८ जना मारिएका थिए।

प्रहरीले आईजीपी पुजित जयसुन्दरासँगै उक्त घटनालाई लिएर पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डोलाई पनि गिरफ्तार गरेको छ। महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता मानवता विरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी गिरफ्तार भएका हुन्।

महान्यायाधिवक्ताले उनीहरू विरुद्ध औपचारिक रूपमा अभियोग लगाउने ठानिएको छ । उनले सुरक्षा कमजोरीहरूका निम्ति मुद्दा लगाइनु पर्ने भन्दै सन्दिग्धको रूपमा अन्य नौजना वरिष्ठ प्रहरी अधिकृतहरूको पनि नाम लिएका छन्।

सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिइएको बताइएको थियो। तर उनले राजीनामा दिन अस्वीकार गरेका थिए।

त्यसपछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले दुई महिनाअघि रक्षासचिवलाई पदमुक्त गर्दै प्रहरी प्रमुखलाई निलम्बन गरेका थिए।

सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षा निकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरू विरुद्ध कदम उठाइएको थियो।

त्यसपछि निमित्तको रूपमा चन्दन विक्रमरत्नले प्रहरीको नेतृत्व सम्हालेका छन्।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : ०५ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित