विश्वकपमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै | Khabarhub Khabarhub

विश्वकपमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवशीय विश्वकपको लिग चरणको आजको खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । यो खेल निक्कै रोमान्चक हुने खेलप्रेमीको विश्वास छ ।

डरहाममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शरु हुनेछ । न्युजिल्याण्डको तुलनामा इंग्ल्याण्ड दवावमा छ । किनभने यो खेल हारेको अवस्थामा उसको सेमिफाइनल सपना धरापमा पर्नेछ । भारतबिरुद्धको ३१ रनको जितका क्रममा इंग्ल्याण्डले निकै नै सुधारिएको र परिस्कृत प्रदर्शन गरेको थियो ।

जोनी बेरिस्टोको शतक र ज्यासन रोयको सानदार कमब्याकले इंग्लिस टिमले पुरानो लय भेट्टाएको अनुमान गरिएको छ । सुरुवाती ६ खेलमा अपराजित रहेको न्युजिल्याण्डले त्यसयता पाकिस्तान र अष्ट्रेलियासँग लगातार हार ब्यहोरेको छ । यी खेलमा उसका ओपनिङ ब्याट्सम्यान चल्न सकेका छैनन् भने कप्तान केन विलियमसनलाई छाडेर मध्यक्रमले पनि एकरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।

बलियो घरेलु टोलीलाई पराजित गर्न न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिलको लय फर्कनु जरुरी छ । सन् २०१५ को संस्करणमा जस्तै उनको एक अविष्मरणीय प्रदर्शन अहिले पनि जरुरी देखिएको छ ।

पराजित भए पनि न्युजिल्याण्डको सेमिफाइनल प्रवेशको सम्भावना सकिने छैन । बंगलादेशसँगको खेलमा पाकिस्तानले ठूलो अन्तरको जित निकालेमा न्युजिल्याण्डको यात्रा लिगचरणबाटै अन्त्य हुन सक्नेछ ।

यस खेल न्युजिल्याण्डले जितेको अवस्थामा भने सेमिफाइनलमा पुग्न पाकिस्तानलाई मात्र २ अंक आवश्यक हुन्छ । पाकिस्तान हारेको खण्डमा इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाउनेछ । विश्वकपका ८ खेलमा पाकिस्तानको ९, इंग्ल्याण्डको १० र न्युजिल्याण्डको ११ अंक छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ०५ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध