विश्वकपमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै « Khabarhub

विश्वकपमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवशीय विश्वकपको लिग चरणको आजको खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन् । यो खेल निक्कै रोमान्चक हुने खेलप्रेमीको विश्वास छ ।

डरहाममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शरु हुनेछ । न्युजिल्याण्डको तुलनामा इंग्ल्याण्ड दवावमा छ । किनभने यो खेल हारेको अवस्थामा उसको सेमिफाइनल सपना धरापमा पर्नेछ । भारतबिरुद्धको ३१ रनको जितका क्रममा इंग्ल्याण्डले निकै नै सुधारिएको र परिस्कृत प्रदर्शन गरेको थियो ।

जोनी बेरिस्टोको शतक र ज्यासन रोयको सानदार कमब्याकले इंग्लिस टिमले पुरानो लय भेट्टाएको अनुमान गरिएको छ । सुरुवाती ६ खेलमा अपराजित रहेको न्युजिल्याण्डले त्यसयता पाकिस्तान र अष्ट्रेलियासँग लगातार हार ब्यहोरेको छ । यी खेलमा उसका ओपनिङ ब्याट्सम्यान चल्न सकेका छैनन् भने कप्तान केन विलियमसनलाई छाडेर मध्यक्रमले पनि एकरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।

बलियो घरेलु टोलीलाई पराजित गर्न न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिलको लय फर्कनु जरुरी छ । सन् २०१५ को संस्करणमा जस्तै उनको एक अविष्मरणीय प्रदर्शन अहिले पनि जरुरी देखिएको छ ।

पराजित भए पनि न्युजिल्याण्डको सेमिफाइनल प्रवेशको सम्भावना सकिने छैन । बंगलादेशसँगको खेलमा पाकिस्तानले ठूलो अन्तरको जित निकालेमा न्युजिल्याण्डको यात्रा लिगचरणबाटै अन्त्य हुन सक्नेछ ।

यस खेल न्युजिल्याण्डले जितेको अवस्थामा भने सेमिफाइनलमा पुग्न पाकिस्तानलाई मात्र २ अंक आवश्यक हुन्छ । पाकिस्तान हारेको खण्डमा इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाउनेछ । विश्वकपका ८ खेलमा पाकिस्तानको ९, इंग्ल्याण्डको १० र न्युजिल्याण्डको ११ अंक छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ०५ बजे

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

आज २०८३ साल जेठ १४ गते बिहीबारको राशिफल

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा