देउवाका आलोचकहरुको साझा बैठक-नेतृत्वकै आलोचना « Khabarhub

देउवाका आलोचकहरुको साझा बैठक-नेतृत्वकै आलोचना


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कांग्रेसमा सभापति शेरबहादुर देउवाविरोधी फरक–फरक समूहले साझा बैठक गरेका छन्। उनीहरूले वडादेखि प्रदेशसम्म गठन हुनुपर्ने विधानअनुसारका संरचनालाई निर्वाचनबाटै पूरा गर्नुपर्ने विषयमा अडान लिने सहमति गरेको नयाँ पत्रिकामा खबर छ। नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, सुजाता कोइरालासहितको बैठकले केन्द्रीय समितिमा साझा विषय उठाउने निर्णय गरेको हो।

कांग्रेस केन्द्रीय समिति बैठक २२ असारमा बस्दै छ। देउवा समूहबाहेकका शीर्ष नेताहरूले नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीको निवास सामाखुसीमा छलफल गरेका थिए। बैठकमा उदयपुरका सभापति विदुर बस्नेत र रोल्पाका सभापति अमरसिंह पुन पनि सहभागी थिए।

नेता रामचन्द्र पौडेलले केही जिल्ला सभापतिहरूले छलफल गर्न चाहेपछि आफूहरू बैठक बसेको जानकारी दिए। सभापति देउवासँग समय बढाउने विशेष अवस्था नरहेको भन्दै १४औँ महाधिवेशनअन्तर्गत सदस्यता वितरणदेखि तल्लो तहका अधिवेशनमा लाग्नुपर्ने विषयमा छलफल भएको पनि उनले बताए। ‘हामी २२ असारमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफलमा बसेका हौँ,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘पार्टीका वडादेखि प्रदेश तहसम्मका संरचनालाई पार्टी केन्द्रले हस्तक्षेप गरी आफूअनुकूलका संरचना बनाउन खोजेकोप्रति हाम्रो असन्तुष्टि हो। तदर्थ र मनोनीत समिति हामीलाई स्वीकार्य छैन।’

कांग्रेसको संशोधित विधानको नियमावली पास भइसकेको छैन। १४औँ महाधिवेशनको सम्भावित समीकरणलाई ख्याल गर्दै पार्टी संस्थापनले नियमावलीलाई आफूअनुकूल प्रयोग नगरोस् भन्नेमा पूर्वसंस्थापन सचेत रहेको ती नेता बताउँछन्। ‘सक्रिय सदस्यता वितरणदेखि पार्टीका संरचना बनाउन अब ढिलाइ गर्नुहुँदैन। यसै विषयको नियमावली अन्तिम चरणमा पनि छ,’ ती नेताले भने, ‘संशोधित विधानको संक्रमणकालीन व्यवस्थामा पार्टीका सबै संरचनाको गठन निर्वाचनबाट हुने उल्लेख छ। तर, केन्द्रीय समितिको निर्णयअनुसार हुनेछ भनेर नियमावलीमा उल्लेख गर्ने तयारी संस्थापनले गर्न खोजेपछि हामीले खबरदारी गर्न लागेका हौँ।’

छलफल केन्द्रीय समितिको बैठकअघि २१ असारमा बस्ने जानकारी ती नेताले दिए। साँझ ५ देखि साढे ८ बजेसम्म चलेको छलफलमा भ्रातृ संस्थाको महधिवेशन छिटो गर्न उनीहरूको विधान टुंग्याउनुपर्ने, महत्वपूर्ण विभाग गठन सहमतिमा हुनुपर्ने, गुटबन्दी अन्त्य गर्दै एक भएर अगाडि बढ्नेलगायत विषयमा उनीहरूको छलफल केन्द्रित थियो।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ०० बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु