राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो « Khabarhub

राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङका ज्येष्ठ नागरिकले सरकारले आफूहरुलाई स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा दिएको सहुलियत उपयोग गर्न नपाएको गुनासो गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले मङ्गलबार तुलसीपुरमा ज्येष्ठ नागरिकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१० निवासी ७६ वर्षीया सुमित्रा भण्डारीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गएँ तर त्यहाँ अरुको लामो लाइनमा बस्नुपर्‍यो, चिकित्सकले जाँचेर औषधि लेखिदिएपनि औषधी किन्दा कुनै पनि निःशुल्क पाइनँ र छुट पनि नपाएको उनको गुनासो छ ।

त्यसैगरी तुलसीपुर नगरपालिका–६ का ७० वर्षीय नवराज लामिछानेले गत साता घोराही जानका लागि तुलसीपुरबाट बस चढे, सहचालक भाडा माग्न आए, मैले सरकारले उपलब्ध गराएको परिचयपत्र देखाएँ तर सहुलियत पाउनुको साटो सहचालकले पूरा भाडा नदिने भए झर्नुहोस् भन्दै आफूमाथि दुर्व्यवहार गरेको दुखेसो पोखे ।

भण्डारी र लामिछानेले मात्र होइन सो अन्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश ज्येष्ठ नागरिकले आफूलाई राज्यले यातायात र स्वास्थ्य क्षेत्रमा दिएको सहुलियत प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले राज्यले उपलब्ध गराएका सेवा कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरुले एकै स्वरमा भने सरकारले आफूहरुका लागि भत्ता बढायो, निकै खुशी छौं, अब यातायात र स्वास्थ्य क्षेत्रमा पनि सुधार गराउनुपर्‍यो ।

कार्यक्रममा पूर्वशिक्षक तथा ज्येष्ठ नागरिक शङ्कर दिवस मजगैँयाले सार्वजनिक यातायातमा राज्यले ज्येष्ठ नागरिकका लागि सिट छुट्याए पनि व्यवसायीले कार्यान्वयन नगरेको गुनासो गरे ।

ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीले ज्येष्ठ नागरिक ऐन र निमावलीमा ज्येष्ठ नागरिकका लागि यातायातमा ५० प्रतिशत छुट, नेपाल सरकारले सरकारी अस्पतालमा निःशुल्क जाँच र सरकारले निःशुल्क स्वास्थ्य संस्थालाई प्रदान गर्ने औषधि ज्येष्ठ नागरिकलाई निःशुल्क प्रदान गर्ने र ज्येष्ठ नागरिक उपचारका लागि आएपछि छुट्टै लाइनमा बस्ने व्यवस्था गरेता पनि त्यसो हुननसकेको बताए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ५९ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी