राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो « Khabarhub

राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङका ज्येष्ठ नागरिकले सरकारले आफूहरुलाई स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा दिएको सहुलियत उपयोग गर्न नपाएको गुनासो गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले मङ्गलबार तुलसीपुरमा ज्येष्ठ नागरिकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१० निवासी ७६ वर्षीया सुमित्रा भण्डारीले उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गएँ तर त्यहाँ अरुको लामो लाइनमा बस्नुपर्‍यो, चिकित्सकले जाँचेर औषधि लेखिदिएपनि औषधी किन्दा कुनै पनि निःशुल्क पाइनँ र छुट पनि नपाएको उनको गुनासो छ ।

त्यसैगरी तुलसीपुर नगरपालिका–६ का ७० वर्षीय नवराज लामिछानेले गत साता घोराही जानका लागि तुलसीपुरबाट बस चढे, सहचालक भाडा माग्न आए, मैले सरकारले उपलब्ध गराएको परिचयपत्र देखाएँ तर सहुलियत पाउनुको साटो सहचालकले पूरा भाडा नदिने भए झर्नुहोस् भन्दै आफूमाथि दुर्व्यवहार गरेको दुखेसो पोखे ।

भण्डारी र लामिछानेले मात्र होइन सो अन्तक्रिया कार्यक्रममा बोल्ने अधिकांश ज्येष्ठ नागरिकले आफूलाई राज्यले यातायात र स्वास्थ्य क्षेत्रमा दिएको सहुलियत प्रयोग गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले राज्यले उपलब्ध गराएका सेवा कार्यान्वयन गर्न माग गरेका छन् । उनीहरुले एकै स्वरमा भने सरकारले आफूहरुका लागि भत्ता बढायो, निकै खुशी छौं, अब यातायात र स्वास्थ्य क्षेत्रमा पनि सुधार गराउनुपर्‍यो ।

कार्यक्रममा पूर्वशिक्षक तथा ज्येष्ठ नागरिक शङ्कर दिवस मजगैँयाले सार्वजनिक यातायातमा राज्यले ज्येष्ठ नागरिकका लागि सिट छुट्याए पनि व्यवसायीले कार्यान्वयन नगरेको गुनासो गरे ।

ज्येष्ठ नागरिक समाज तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारीले ज्येष्ठ नागरिक ऐन र निमावलीमा ज्येष्ठ नागरिकका लागि यातायातमा ५० प्रतिशत छुट, नेपाल सरकारले सरकारी अस्पतालमा निःशुल्क जाँच र सरकारले निःशुल्क स्वास्थ्य संस्थालाई प्रदान गर्ने औषधि ज्येष्ठ नागरिकलाई निःशुल्क प्रदान गर्ने र ज्येष्ठ नागरिक उपचारका लागि आएपछि छुट्टै लाइनमा बस्ने व्यवस्था गरेता पनि त्यसो हुननसकेको बताए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : ५९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा