उडिरहेको प्लेनबाट एक यात्रु खसेपछि… « Khabarhub

उडिरहेको प्लेनबाट एक यात्रु खसेपछि…


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतमा उडिरहेको प्लेनबाट खसेर एक जनाको ज्यान गएको छ । हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रुको खसेर ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उनी विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए । विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ ।

दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकछिनसम्म म त ट्वाल्ल परेँ सोच्नै नसक्ने घटना, ‘आकाशबाट मान्छे पो खस्यो ।’ ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज समेत आएको उनले बताएका छन् । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ । उनको परिचय भने खुलाइएको छैन ।

केन्याको नैरोबीबाट स्थानीय समयअनुसार आइतबार बिहान सवा नौ बजे उडेको सो विमान हिथ्रो विमानस्थलमा अवतरणको तयारीमा थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १९ बजे

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’