लिबियाको हिरासत केन्द्रमा हवाई आक्रमण, ४० जना मारिए « Khabarhub

लिबियाको हिरासत केन्द्रमा हवाई आक्रमण, ४० जना मारिए


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लिबियामा रहेको आप्रवासी हिरासत केन्द्रमा भएको हवाई आक्रमण (एयर स्ट्राइक)मा परेर ४० जनाको ज्यान गएको छ ।

राजधानी त्रिपोलीको पूर्व क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परेर ८० जनाभन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्छ । हमलाको जिम्मा कसैले पनि लिएको छैन ।

यद्यपि संयुक्त राष्ट्रसंघ समर्थित लिबिया सरकारले खालिफा हस्फारसमर्थित लिबियन नेशनल आर्मीले आक्रमण गरेको बताएको छ ।

अवैध रुपमा इटली जाने अफ्रिकी आप्रवासीका लागि लिबिया मुख्य केन्द्रका रुपमा रहँदै आएको छ । गरिबी र युद्ध प्रभावित अफ्रिकीहरु लिबिया हुँदै डुङ्गा चढेर इटली पुग्ने गर्छन् ।

लिबियाको विभिन्न ठाउँमा दर्जनौं आप्रवासीलाई कैद गरेर राखिएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ४४ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको