सेल्फीका लागि क्याटरीनाका पछि लागे सन्की फ्यान, भिडियो भाइरल « Khabarhub

सेल्फीका लागि क्याटरीनाका पछि लागे सन्की फ्यान, भिडियो भाइरल


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – फिल्म स्टार्सलाई फ्यानको ठूलो महत्त्व हुन्छ तर कहिलेकाहीँ तिनै फ्यानले समस्यामा पनि पार्ने गर्छन् । क्याटरीना कैफका लागि पनि यस्तै भएको छ । एक सन्काहा फ्यान सेल्फी लिनका लागि क्याटरीनाको पछि नै लागेका छन् ।

अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताबाट अर्को प्रयोगकर्तासम्म पुगेको भिडियोमा क्याटरीना आफ्ना बडीगार्डका साथ कतै जाँदै गरेको देखिन्छ । क्याटरीना अगाडि गइरहेका बेला एक जिद्दी फ्यानले उनीसँग बारम्बार सेल्फी खिच्न आग्रह गर्छन् । ती फ्यानलाई क्याटरीनाका बडीगार्डले धकेल्छन् ।

पछि स्थिति बिग्रने देखेपछि क्टाटरीना एकछिन रोकिन्छिन् र फ्यानलाई केही टाढाबाट सेल्फी लिन आग्रह गर्छिन् । उनले आफ्ना बडीगार्डलाई पनि ती फ्यानलाई नभगाउन भन्छिन् ।

उक्त भिडियो हेरेर फ्यानले क्याटरीनाको तारिफ गरिरहेका छन् । उक्त स्थितिलाई क्याटरीनाले जसरी सम्हालिन्, त्यसलाई उनले तारिफयोग्य काम गरेको भन्दै उनको चर्चा भएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : ४६ बजे

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार

नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो

काठममाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)

भक्तपुर– दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु

कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत

काठमाडौं – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीमाथि धावा बोल्ने

प्रकाशचन्द्र परियारको रिपोर्ट कार्डमा के–के छन् दोस्रो अधिवेशनका काम ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र