सेल्फीका लागि क्याटरीनाका पछि लागे सन्की फ्यान, भिडियो भाइरल | Khabarhub Khabarhub

सेल्फीका लागि क्याटरीनाका पछि लागे सन्की फ्यान, भिडियो भाइरल


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – फिल्म स्टार्सलाई फ्यानको ठूलो महत्त्व हुन्छ तर कहिलेकाहीँ तिनै फ्यानले समस्यामा पनि पार्ने गर्छन् । क्याटरीना कैफका लागि पनि यस्तै भएको छ । एक सन्काहा फ्यान सेल्फी लिनका लागि क्याटरीनाको पछि नै लागेका छन् ।

अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताबाट अर्को प्रयोगकर्तासम्म पुगेको भिडियोमा क्याटरीना आफ्ना बडीगार्डका साथ कतै जाँदै गरेको देखिन्छ । क्याटरीना अगाडि गइरहेका बेला एक जिद्दी फ्यानले उनीसँग बारम्बार सेल्फी खिच्न आग्रह गर्छन् । ती फ्यानलाई क्याटरीनाका बडीगार्डले धकेल्छन् ।

पछि स्थिति बिग्रने देखेपछि क्टाटरीना एकछिन रोकिन्छिन् र फ्यानलाई केही टाढाबाट सेल्फी लिन आग्रह गर्छिन् । उनले आफ्ना बडीगार्डलाई पनि ती फ्यानलाई नभगाउन भन्छिन् ।

उक्त भिडियो हेरेर फ्यानले क्याटरीनाको तारिफ गरिरहेका छन् । उक्त स्थितिलाई क्याटरीनाले जसरी सम्हालिन्, त्यसलाई उनले तारिफयोग्य काम गरेको भन्दै उनको चर्चा भएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग