युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित « Khabarhub

युरोपेली आयोगको प्रमुख पदमा पहिलो पटक महिला मनोनित


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ ।

युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरेपेली आयोगमा जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।

युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ। केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो। उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए।

बेल्जियमका उदारवादी प्रधानमन्त्री सार्ल मिसेल युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कको ठाउँमा मनोनित भएका छन् भने स्पेनका युसेफ बोरेल विदेश मामिला प्रमुखमा प्रस्तावित भएका छन्। पाँचौं महत्त्वपूर्ण पद युरोपेली संसदको अध्यक्षका लागि भने बुधवार मनोनयन गरिनेछ। धेरैजसो पदहरूलाई संसदले अनुमोदन गर्नुपर्नेछ।

युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदको पहिलो सत्रअघि सबै पदहरूमा सहमति गरेको बताएका छन्।

फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले युरोपेली आयोगको प्रमुखमा मनोनयन गरिएकी फोन डेर लायन निकै राम्रो उम्मेदवार भएको र उनी राम्रो छनौट भएको बताएका छन्। आयरल्याण्डका प्रधानमन्त्री लियो भराडकरले दुई मुख्य पदमा महिलाको नाम मनोनयन गरिएको विषयले युरोपेली संघ लैङ्गिक समानता तर्फ अघि बढिरहेको भन्ने परिवर्तन-उन्मुख सन्देश दिएको बताएका छन्।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : १० बजे

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक