सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ « Khabarhub

सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – श्रीलङ्काको कोलोम्बोमा मंगलबारदेखि शुरु भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’मा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शन गरिएको छ । फेस्टिभलको पहिलो दिन ‘बुलबुल’ स्किृनिङ गरिएको हो ।

उक्त फिल्ममा शीर्ष भूमिका निभाएकी नायिका स्वस्तिमा खड्का फेस्टिभलमा सहभागिता जनाउन कोलोम्बो पुगेकी छिन् । यो फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । फिल्मको स्किृनिङपछि प्रश्न उत्तर सेसन पनि राखिएको थियो । फेस्टिभलमा सहभागिता जनाउन १ जुलाईमा स्वस्तिमा खड्का, दिनेश राउत लगायतको टोली श्रीलङ्का गएको थियो ।

७ जुलाईसम्म चल्ने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र बुलबुल, प्रसाद र हरि प्रदर्शन हुनेछन् । यस्तै दई लघु चलचित्र द रिमाइन्स र द मुन इज ब्राइट टुनाइटको पनि प्रदर्शन गरिनेछ ।

फेस्टिभलमा सार्कमा आवद्ध ८ वटा राष्ट्रका चलचित्रहरु प्रदर्शन भइरहेका छन् । सार्क कल्चरल सेन्टरले आयोजना गर्ने फेस्टिभलको यो नवौं संस्करण हो । सन् २०११ पछि हरेक वर्ष फेस्टिभलको आयोजना गरिँदै आएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ३१ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन