सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ « Khabarhub

सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – श्रीलङ्काको कोलोम्बोमा मंगलबारदेखि शुरु भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’मा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शन गरिएको छ । फेस्टिभलको पहिलो दिन ‘बुलबुल’ स्किृनिङ गरिएको हो ।

उक्त फिल्ममा शीर्ष भूमिका निभाएकी नायिका स्वस्तिमा खड्का फेस्टिभलमा सहभागिता जनाउन कोलोम्बो पुगेकी छिन् । यो फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । फिल्मको स्किृनिङपछि प्रश्न उत्तर सेसन पनि राखिएको थियो । फेस्टिभलमा सहभागिता जनाउन १ जुलाईमा स्वस्तिमा खड्का, दिनेश राउत लगायतको टोली श्रीलङ्का गएको थियो ।

७ जुलाईसम्म चल्ने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र बुलबुल, प्रसाद र हरि प्रदर्शन हुनेछन् । यस्तै दई लघु चलचित्र द रिमाइन्स र द मुन इज ब्राइट टुनाइटको पनि प्रदर्शन गरिनेछ ।

फेस्टिभलमा सार्कमा आवद्ध ८ वटा राष्ट्रका चलचित्रहरु प्रदर्शन भइरहेका छन् । सार्क कल्चरल सेन्टरले आयोजना गर्ने फेस्टिभलको यो नवौं संस्करण हो । सन् २०११ पछि हरेक वर्ष फेस्टिभलको आयोजना गरिँदै आएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ३१ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले