सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ | Khabarhub Khabarhub

सार्क फिल्म फेस्टिभलमा पहिलो दिन ‘बुलबुल’ स्किृनिङ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – श्रीलङ्काको कोलोम्बोमा मंगलबारदेखि शुरु भएको ‘सार्क फिल्म फेस्टिभल २०१९’मा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शन गरिएको छ । फेस्टिभलको पहिलो दिन ‘बुलबुल’ स्किृनिङ गरिएको हो ।

उक्त फिल्ममा शीर्ष भूमिका निभाएकी नायिका स्वस्तिमा खड्का फेस्टिभलमा सहभागिता जनाउन कोलोम्बो पुगेकी छिन् । यो फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । फिल्मको स्किृनिङपछि प्रश्न उत्तर सेसन पनि राखिएको थियो । फेस्टिभलमा सहभागिता जनाउन १ जुलाईमा स्वस्तिमा खड्का, दिनेश राउत लगायतको टोली श्रीलङ्का गएको थियो ।

७ जुलाईसम्म चल्ने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र बुलबुल, प्रसादहरि प्रदर्शन हुनेछन् । यस्तै दई लघु चलचित्र द रिमाइन्सद मुन इज ब्राइट टुनाइटको पनि प्रदर्शन गरिनेछ ।

फेस्टिभलमा सार्कमा आवद्ध ८ वटा राष्ट्रका चलचित्रहरु प्रदर्शन भइरहेका छन् । सार्क कल्चरल सेन्टरले आयोजना गर्ने फेस्टिभलको यो नवौं संस्करण हो । सन् २०११ पछि हरेक वर्ष फेस्टिभलको आयोजना गरिँदै आएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ३१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग