ठगी गरी फरार बसन्तको खोजीमा पीडितहरु आफै जुटे « Khabarhub

ठगी गरी फरार बसन्तको खोजीमा पीडितहरु आफै जुटे


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दर्जनौँ मानिसहरुलाई विभिन्न प्रलोभन तथा व्यवसायिक कारोबारमा लाखौँ रुपैयाँ ठगी गर्ने बसन्त भुजेल (खवास) को खोजीमा पीडित आफै जुटेका छन् । प्रहरीमा उजुरी दिए पनि पक्राउ नपरेपछि उनेको खोजीमा पीडित आफैं जुटेका हुन् ।

काठमाडौं, थलीका स्थायी निवासी बसन्तले फरक–फरक मान्छेलाई आफ्नो थर पनि फरक-फरक बताउने गरेको एक पीडितले बताए । श्रेष्ठ, राणालगायतको थर परिवर्तन गर्दै हिँड्ने उनीविरुद्ध प्रहरीमा दर्जनौँ उजुरी परेपनि पक्राउ नपर्दा पीडितले गुनासो व्यक्त गरेका छन् । बसन्तबाट ठगिनेमध्ये काठमाडौं, गोठाटार–३ का ज्ञानेन्द्र खतिवडा पनि एक हुन् ।

चार महिना अघि बोलेर जीप किन्नका लागि उनले बसन्तलाई आठ लाख रुपैयाँ दिएका थिए । शुरुमा बोलेर जीप नै ल्याएर दिएका बसन्त पैसा हातमा पारेसँगै एकाएक गायब भए । उक्त जीपलाई थप मर्मत गरी चलाउन शुरु गरेको हप्ता दिनमै पहिलेका साहुले ज्ञानेन्द्रबाट जीप खोसेर लगे । आफूले बसन्तबाट पैसा नपाएको भन्दै उनले ज्ञानेन्द्रबाट जीप फिर्ता लगेका थिए । जीप खोसिएपछि उनी अहिले बसन्तको खोजी गर्दै हिँडिरहेका छन् ।

‘चार महिनादेखि खोजी गर्दै हिँड्दा पनि फेला पार्न सकिएन । दुःख गरी कमाएको पैसा खाइदियो ।’ उनले भने, ‘प्रहरीमा उजुरी दिँदा पनि पक्राउ नपरेपछि खोजी गर्दै बुटवलसम्म पुगेँ, केही पत्तो लागेन ।’

बसन्तको ठगीको जालमा तीन जना प्रहरी अधिकारी पनि परेको पीडितहरुले बताए । ठाउँ परिवर्तन गर्दै लुक्दै हिँडेका उनीविरुद्ध प्रहरीमा झण्डै एक दर्जन उजुरी परेको प्रहरी प्रधान कार्यालयका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

कहिले विदेश त कहिले नेपालमै भएको जानकारी आउने गरे पनि उनी बसेको ठेगाना पत्ता लगाउन प्रहरीलाई पनि कठिन भइरहेको छ ।

पीडितहरुले भने बसन्तलाई देख्नु हुने मानिसलाई खबर गरिदिन अनुरोध गरेका छन् । नजिकको प्रहरी चौकी तथा ९८४१३१९१८४ मा खबर गरी सहयोगका लागि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १२ : ५१ बजे

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ

इरानी राष्ट्रपति भन्छन् : अर्को भेनेजुएला बनाउन आएको अमेरिका हाम्रो प्रतिरोधले चकित बन्यो

तेहरान- इरानी राष्ट्रपति मसुद पेजेस्कियनले इरानलाई अर्को भेनेजुएला बनाउने प्रयास

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका