स्वेता खड्काको ‘टिकटक’ मोह ! | Khabarhub Khabarhub

स्वेता खड्काको ‘टिकटक’ मोह !


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका स्वेता खड्का पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनिन् । केही महिनाअघि ट्युमरको अपरेसन गरेपछि उनी आरामको समय बिताइरहेकी छिन् । सँगसँगै आफ्नो व्यवसायलाई पनि समय दिइरहेकी छिन् ।

फिल्म क्षेत्रबाट टाढा रहे पनि स्वेता सामाजिक सञ्जालमा भने निकै सक्रिय रहने गर्छिन् । स्वेताले इन्स्टाग्राम, फेसबूकदेखि टिकटकमा समेत आफूलाई अपडेट राख्न भ्याएकी हुन्छिन् । सामाजिक सञ्जालमार्फत आफ्ना भावनाहरु शेयर गर्ने स्वेताले पछिल्लो समय टिकटकमा पनि भिडियोहरु अपलोड गर्न थालेकी छिन् ।

टिकटकमा स्वेतालाई झण्डै ८० हजारले फलो गरेका छन् भने उनले ८१ जनालाई फलो गरेकी छिन् । उनको सक्रियता पनि उत्तिकै देखिन्छ टिकटकमा । स्वेताले टिकटकमा भिडियो मात्र शेयर नगरेर स्लाइड तस्वीर पनि शेयर गरिरहेकी हुन्छिन् ।

कतिपयले भने उनलाई टिकटकमा व्यस्त हुनुभन्दा बरु फिल्म करिअरलाई नै फलो गर्न सुझाउँदै कमेन्ट गरेका छन् ।

पछिल्लो समय स्वेता अभिनित फिल्म ‘कान्छी’ प्रदर्शनमा आएको थियो । उक्त फिल्मले खासै व्यापार गर्न सकेन । आजभोलि भने स्वेता कुनै पनि फिल्ममा देखिएकी छैनिन् । पछिल्लो समय फिल्म ‘हेलो जिन्दगी’ मा अभिनय गर्दै गर्दा एक्कासी बिरामी भएपछि उनले सो फिल्म छोडेकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : ०२ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार