नक्कली बैंक ग्यारेन्टी बनाएर १ करोड १० लाख भुक्तानी लिने ३ जना पक्राउ « Khabarhub

नक्कली बैंक ग्यारेन्टी बनाएर १ करोड १० लाख भुक्तानी लिने ३ जना पक्राउ


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंकबाट किर्ते अग्रिम भुक्तिानी (बैंक ग्यारेन्टी) बनाएर सडक आयोजनाको १ करोड १० लाखभन्दा बढी भुक्तानी लिने कार्यमा संलग्न ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृषि विकास बैंकको काठमाडौं कलंकीस्थित शाखाका शाखा अधिकृत छबिलाल ढकाल पनि छन् ।

ठेकेदार कम्पनी एम/एस–एमके–वाईपी जेभी बबरमहलका प्रतिनिधि र कृषि विकास बैंकका शाखा अधिकृत ढकालको मिलेमतोमा ५५ लाख ५० हजार रुपैयाँ नक्कली अग्रिम भुक्तानी जमानत (एपीजी) बनाएर सडक आयोजनाको १ करोड १० लाख ८० हजार रुपैयाँ भुक्तानी लिएका थिए ।

३ असार २०७३ मा साविकको जिल्ला प्राविधिक कार्यालय भोजपुर र ठेकेदार कम्पनी एम/एस–एमके–वाईपी जेभीबीच भोजपुर–टक्सार–कोट–गोगने–लेकखर्क सडक स्तरोन्नतिका लागि १२ करोड ५५ लाख ९७ हजार सय ७५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार कम्पनी, जिल्ला प्राविधिक कार्यालयका कर्मचारी र कृषि विकास बैंकका अधिकृतको मिलेमतोमा नक्कली बैंक ग्यारेन्टी बनाएर ठेक्का सम्झौताअन्तर्गतको पहिलो र दोस्रो किस्ता गरी १ करोड १० लाख ८० हजार रुपैयाँ भुक्तानी लिएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ढकालसहित ३ जनालाई पक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा कृषि विकास बैंकका अधिकृत ढकालका अतिरिक्त ठेकेदार कम्पनी एम/एस–एमके–वाईपी जेभी बबरमहलका प्रतिनिधि धनकुटाको उर्खाउली जितपुर घर भएका रणधिर तुम्बा र बाजुराको गोत्री घर भएका नयाँ देवजंग शाही छन् ।

सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ७ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । अख्तियारले साविकको भोजपुर जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, कृषि विकास बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवाका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल, एमके जेभीका प्रतिनिधि रणधीर तुम्बा र देवजंग शाही, वाईपी कन्स्ट्रक्सनका राजु श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : ३७ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल