मिर्गौला पीडित सिंहको सहयोगार्थ रवी ओडले दिँदै सांगीतिक प्रस्तुति « Khabarhub

मिर्गौला पीडित सिंहको सहयोगार्थ रवी ओडले दिँदै सांगीतिक प्रस्तुति


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले मिर्गौला पीडित हेमन्त सिंह ठकुरीको सहयोगार्थ गीत गाउने भएका छन् ।

यही असार २० गते नेपालगन्जमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । उक्त सांस्कृतिक कार्यक्रममा रवीले कम्तीमा पनि ५ वटा गीत गाउने आयोजकले जानकारी दिएको छ ।

‘उनले गीत गाएवापत कुनै शुल्क लिने छैनन्। मिर्गौंला पीडितको लागि निःशुल्क गाउन आउन लागेका हुन्,’ हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीलेले बताए ।

कार्यक्रममा ओडका साथै लोक गायिका निर्मला थापा मगर, पप गायक/गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगरको प्रस्तुति रहनेछ। सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारत छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ६ : २० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको