गायक राजेशपायल राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार « Khabarhub

गायक राजेशपायल राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिक्तेल– ‘राई ईज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राईलाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिएको छ ।

खोटाङको बुइपामा जन्मिएका गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार नगदसहित सम्मान गरेको हो । गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश/विदेमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशिको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

गायक राजेशपायललाई बुधबार आयोजना गरिएको दोस्रो नगर दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गरिएको हो । उनी नगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित नभए पनि विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।

नगर दिवसको अवसरमा अन्य विविध विद्याका उत्कृष्ट व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ०३ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया