तनाव लिन छाड्नुहोस : डण्डीफोर र बुढ्यौलीबाट बच्नुहोस् « Khabarhub

तनाव लिन छाड्नुहोस : डण्डीफोर र बुढ्यौलीबाट बच्नुहोस्


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ भन्ने उखानै छ । वास्तवमा तनाव तथा चिन्ता मानिसको अस्वस्थताको सबैभन्दा ठूलो कारक तत्व हो । बाहिर देखिनेगरी कुनै रोग नभएपनि तनावले मानिसलाई भित्रभित्रै गालेको हुन्छ र यसले अन्य रोगहरु सिर्जना गरिदिन्छ । तनावका कारण सिर्जना हुने कतिपय स्वास्थ्य समस्या यी हुन्-

डण्डीफोर-शरीरको छाला तथा मस्तिष्कबीच गहिरो सम्बन्ध हुन्छ । जुन बेला मानिसलाई तनाव महसुस हुन्छ, त्यसबेला मस्तिष्कको निर्देशनमा सम्बन्धित ग्रन्थीले हर्मोन उत्सर्जन गर्दछ । त्यसपछि छालामा तेलको उत्पादन बढ्दछ , जसका कारण डण्डीफोर आउँछ ।

बुढ्यौली- यद्यपि बुढ्यौली प्राकृतिक नियम हो र मानिस उमेर बढेसँगै एक पटक बुढो हुनैपर्छ । तर तनावले मानिसलाई जवानी अवस्थामै बुढो बनाइदिन्छ । तनावका कारण मानिसको अनुहारमा चाउरी, कालो घेरा जस्ता बुढोपनाका लक्षणहरु देखा पर्दछन् र मानिस उमेरभन्दा निकै अगाडि नै बुढो देखिन थाल्दछ ।

कपाल झर्ने- तनावका कारण कपालको जरामुनि हुने कोशिकाहरु खुम्चिन्छन् र कपालको जरालाई आफ्नो विकाशका लागि पर्याप्त अक्सिजन तथा अन्य पोषक तत्वको आपूर्ति हुँदैन । जसका कारण कपाल झर्न थाल्दछ । तनावयुक्त मानिसमा कपाल झर्ने समस्या अत्यधिक हुन्छ ।

यी बाहेक तनावका कारण मधुमेह, उच्च रक्तचाप, हृदयाघात लगायतका मुटुका रोगको जोखिम पनि बढ्दछ । यसले मानिसको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै नकारात्मक असर पूराउँदछ र पारिवारिक तथा व्यवसायिक जिवन समेत भताभुंग हुन्छ । यसकारण तनावबाट बच्नु अर्थात् यसलाई बल्झिन नदिनेनर्फ ध्यान पुर्‍याउनुपर्छ। यसका लागि निम्न उपायहरु कामयावी हुनसक्छन्-

मसाज गर्नुहोस्- मसाजले शरीरलाई आराम प्रदान गर्ने तथा अवरुद्ध उर्जा तन्त्रिकालाई खोल्न सहयोग पूराउँछ ।

व्यायाम गर्नुहोस्- कसरतले व्यक्तिलाई प्रेरित गर्दछ र मूड ठीक बनाउँछ । यसले मानिसलाई उर्जावान बनाउन मद्दत पूराउँछ । व्यायाम स्वस्थ जिउको अचूक सुत्र हो । यसले मानिसलाई उर्जावान बनाउँछ र विभिन्न खाले रोगबाट पनि टाढा राख्छ ।

ध्यान गर्नुहोस्- योगध्यान भनेको कुनैपनि समय कुनैपनि ठाउँमा आफ्नो सुविधा अनुसार गर्न सकिन्छ । एकान्तमा शान्तिसँग बसेर आफ्नो विचारमा ध्यान दिनसक्नुहुन्छ । यसले तनाव भगाउन मद्दत पूराउँछ ।

मज्जाले सुत्नुहोस्- निद्राको कमीका कारण विभिन्न खाले रोगका साथै तनाव तथा डिप्रेसनको समेत समस्या हुन्छ । तनाव भगाउनका लागि निद्राजस्तो उत्तम उपाय केहीपनि हुँदैन ।

सन्तुलित तथा पौष्टिक भोजन गर्नुहोस्- नियमित रुपमा पर्याप्त पौष्टिक तत्वसहितको सन्तुलित भोजन गर्दा रोगप्रतिरोधी क्षमता बढ्दछ र जिउ स्वस्थ बन्दछ । यसबाट मानिसको तनावको समस्यासँग जुध्ने क्षमता पनि वृद्धि हुन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ५० बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका