बाइकको क्लच प्लेट जोगाउन गियरमा रोकेर एक्सिलेटर नबटार्नुहोस् « Khabarhub

बाइकको क्लच प्लेट जोगाउन गियरमा रोकेर एक्सिलेटर नबटार्नुहोस्


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायातका साधनमध्ये नेपालमा सबैभन्दा बढी प्रयोगमा आएको साधन मोटरसाइल हो । यातायातको सेवा पुगेका र सडक सञ्जालले घेरिएका ठाउँका लागि बाइक सामान्य जस्तै पनि भएको छ । हिमाल, पहाड तथा तराई सबै क्षेत्रमा सहज रुपमा सञ्चालन हुने भएकाले पनि यसको प्रयोग बढ्दो अवस्थामा छ ।

यसरी सबैले प्रयोग गर्ने बाइकमा आउने समस्याका बारेमा जानकारी राख्न अब जरुरी छ । बाइक चलाउँदा बाइकको रेखदेख कसरी गर्ने भन्ने ध्यान दिन जरुरी छ । आज हामी बाइकको क्लचप्लेट कसरी सुरक्षा गर्ने भन्ने विषयमा छलफल गरौं :-

सवारी साधनमा प्रयोग हुने क्लच निकै महंगो मध्यको एक पाट्स हो । क्लच प्लेटको मूख्य काम इन्जिन र पाड्ग्राबीचको सम्बन्ध जोड्ने तथा फुकाउने हो ।

सामान्यतया मोटरसाइकलमा क्लच प्लेटको धेरै समस्या आइरहेको हुने गर्छ । हेवी ट्राफिकमा धेरै चलउनु पर्दा क्लज प्लेट धेरै बिग्रने गर्छ । जति धेरै क्लचको प्रयोग गर्यो त्यतिनै क्लचमा समस्या आउने हो ।

कतिपय मानिसको क्लच लिभर समातेरै बाइक चलाउने बानी हुन्छ । जसले क्लच प्लेटमा दवाब बनाइ राख्छ र चाँडै बिग्रने गर्छ । क्लच प्लेट बिग्रने समस्या चालकको सवारी चलाउने बानीमा धेरै हदमा भर पर्छ ।

यसरी बचाउने क्लचप्लेट

सबैभन्दा पहिला क्लचको लिभर सहि स्थानमा हुनु पर्छ । सबभन्दा टुप्पोमा अथवा ह्याण्डल बारको नजिक हुनु हुँदैन ।

जाममा बस्दा पहिलो वा दोस्रो नम्बरको गियरमा सवारी राखि क्लचसमातेर बस्नु हुँदैन । गियरमा धेरै समय सवारी रोकेर एक्सिलेटर बटारी रहने बानी छ भने तत्काल रोक्नुपर्छ ।

ट्राफिक जाममा रोकिनु पर्दा सधै न्यूटल गियरमा बस्नु पर्छ । अझ धेरै समयको जाम हो भने इन्जिन नै बन्द गरेको राम्रो हुन्छ जसले इन्धनको पनि वचत गर्छ र वातावरणको प्रदूषण पनि रोक्न सहयोग गर्छ ।

अर्को सबैभन्दा नराम्रो बानी दोस्रो वा तेस्रो गियरमा नै रोकिएको अवस्थामा सवारीसाधन उठाउने प्रयास गर्नु हुँदैन । यसो गर्दा क्लच प्लेटलाई दवाब पर्छ । त्यसैले रोकिएको स्थानबाट आफ्नो सवारीलाई अगाडि बडाउँदा सधै पहिलो नम्बरको गियरमा उठाउनु पर्छ ।

सवारी स्टार्ट गर्दा पनि सधै न्यूटल गियरमा स्टार्ट गर्नु पर्छ । एकदमै हतारको बेलामा कहिलेकाहिँ पहिलो नम्बरको गियरमा स्टार्ट गर्न पनि सकिन्छ । तर आफ्नो बानि भने सधै न्यूटलमा राखेर स्टार्ट गर्ने हुनु पर्छ । यसो गर्दा लामो समयसम्म पनि क्लचप्लेट परिवर्तन गर्न जरुरी हुँदैन ।

कम्पनीले क्लच प्लेटको वारेन्टी समेत नदिने भएकोले क्लच प्लेटको उपयूक्त तरिकाले संरक्षण गर्नु राम्रो हुन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ९ : ४७ बजे

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५