माछापुच्छ्रे पदयात्रा मार्ग– १० वटा हिमालको दृश्यावलोकन « Khabarhub

माछापुच्छ्रे पदयात्रा मार्ग– १० वटा हिमालको दृश्यावलोकन


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक पूर्वाधार तथा प्रवद्र्धन नहुँदा पछाडि परेको ‘माछापुच्छ्रे मोडल ट्रेक’मा पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय जुटेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ को कुइवाङबाट शुरु हुने सो पदयात्रा मार्ग तीनदेखि सात दिनको रहेको छ । कुइवाङबाट सैतीघट्ट, इमु, तक्रो प्रम्धुङ, कल्था, मेरवाङ खर्क, आलङ्गे झरना, नौढोके, मेश्रम, कोरचोङ हुँदै ३६८२ मिटर उचाइमा अवस्थित भ्यू पोइन्ट पुगेर एकैपटकमा अन्नपूर्ण साउथ, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौंथो, गन्धर्व हिमाल, अन्नपूर्ण प्रथम, बुद्ध हिमाल, मर्दी हिमाललगायत १० वटा हिमालको दृश्यावलोकन गर्न सकिने बताइन्छ ।

कोरचोङबाट बुकेनी हुँदै दुई दिनको यात्रापछि रमणीय ‘तीन शिर’ पुग्न सकिन्छ । जनै पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्दछ । सेती, मादी र मोदी नदीको शिर भएकाले यसलाई ‘तीन शिर’ भन्ने गरिएको र यहाँ आएर श्राद्ध गरेमा पितृले मुक्ति पाउने भन्ने विश्वासले गर्दा पनि यस ठाउँको धार्मिक महिमा बढेको पाइन्छ ।

विसं २०५८ मा ट्रेकिङ एजेन्ट्स् एशोसियशन अफ नेपाल(टान)ले पदयात्रा मार्गको पहिचान गरी सो क्षेत्रमा पर्ने साविकका चार गाविसमा सूचना पाटी राखेर सो मार्गलाई चिनाउने प्रयास गरेपनि बीचमा त्यसको प्रवद्र्धन तथा पूर्वाधार निर्माणको कार्य अघि बढ्न सकेको थिएन ।

विसं २०७३ मा स्थानीयवासीले पदयात्रा मार्गमा पूर्वाधार निर्माण तथा यसको प्रचारप्रसार र व्यवस्थापनका लागि माछापुच्छ्रे नमूना पैदलमार्ग व्यवस्थापन समिति गठन गरेर यसलाई पर्यटकको गन्तव्य बनाउने प्रयास शुरु गरेका थिए ।

पर्यटनका लागि आवश्यक न्यूनतम पूर्वाधार निर्माण भएकाले अब पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा स्थानीयवासीको छ । यहाँ आउने पर्यटकका लागि आवास, खानपिन तथा बाटोको सहजताको लागि पूर्वाधार निर्माणलाई स्थानीयवासीले प्राथमिकतामा राखेर काम गरेको समितिका सचिव कुलप्रसाद अधिकारी बताउँछन् ।

पदयात्रा मार्गमा घरवास पर्यटन सञ्चालन गरेर स्थानीय उत्पादनलाई जोड दिइएको बताउँदै अधिकारी भन्छन्,“पर्यटनका लागि पहिलो आवश्यकता भनेको बाटो, खानेपानी तथा आवासको प्रबन्ध पूर्वाधार हुन् । तामाङ सामुदायिक घरवास, जाउँ है हिमाल घरवास(होमस्टे)मा पर्यटकले स्थानीय जैविक उत्पादन कोदो र दूध लगायतका परिकार खान पाउँछन् ।”

यस मार्गमा पर्ने आलङ्गे झरना, धार्मिक महत्व बोकेको नौढोके गुफा, भैँसी गोठ भएका रमणीय खर्क, बुट्यान, जङ्गलमा देखिने डाँफे, मुनाल, कालिजलगायतका पक्षीको चिरबिरले पर्यटकलाई लोभ्याउने गरेको छ । पदयात्रा मार्गलाई सहज बनाउने उद्देश्यअनुसार ठाउँठाउँमा आवश्यक पूर्वाधार निर्माण गरिएको वडा नं ९ का वडाध्यक्ष दुर्गाप्रसाद क्षेत्रीले बताए ।

प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको रु १० लाख लागतमा गतवर्ष कल्थादेखि सामुडाँडासम्म ६५० मिटर लामो बाटोमा ढुङ्गा बिच्छ्याएर सिँढी, ठाउँठाउँमा चौतारी तथा खानेपानीको प्रबन्ध गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

आलङ्गे झरनासम्म पनि वडाको बजेटबाट सिँढी बाटो निर्माण गरिएको बताउँदै उनले भने,“माछापुच्छ्रे मोडेल ट्रेक पर्यटनको प्रमुख गन्तव्य हो । एउटै पद्यात्राबाट हिमाल, गुफा तथा धार्मिक स्थलको अवलोकन गर्न सकिन्छ । जनप्रतिनिधि आइसकेपछि यसको प्रवद्र्धन गर्नुपर्दछ भनेर लागेका छौँ ।”

पदयात्रा मार्गका अधिकांश अप्ठ्यारो स्थानमा बाटो मर्मत गरेर बाह्रै महीना पैदल हिँड्न सकिने बनाइएको र मेश्रम, नौढोकेलगायतका स्थानमा खानेपानीको प्रबन्ध गरिएको समितिका अध्यक्ष भक्तबहादुर गुरुङले बताए । उनका अनुसार कोरचोङमा अझ पनि खानेपानीको समस्या रहेको छ । पर्यटकको बस्ने स्थानभन्दा केही तल मात्र पानीको मुहान रहेकाले समस्या परेको उनकोभनाइ छ ।

कोरचोङबाट फर्केमा तीन दिनमा पदयात्रा सम्पन्न गरेर पोखरा फर्कन सकिए पनि माछापुच्छे«को दक्षिणी आधार शिविर र मर्दी हिमालको पूर्वी भाग रहेको तीन शिरसम्म पुगेर फर्कंदा भने एक हप्ता लाग्ने बताइन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ३ : ५५ बजे

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण