बन्दा खाँदा क्यान्सर लाग्ने सम्भावना कम « Khabarhub

बन्दा खाँदा क्यान्सर लाग्ने सम्भावना कम


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तरकारकीको रुपमा बन्दा र ब्रोकाउली कत्तिको खाने गर्नु भएको छ । यदी बन्दा मिठो लाग्दैन र खान हुन्न भने अब खाने गर्नुहोस् किनकी यसले स्वास्थ्यमा ठूलो फाइदा पुग्छ । त्यो पनि क्यान्सरको जोखिम घटाउन बन्दा फाइदाजनक हुने अनुसन्धानले देखाएको छ ।

वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको दाबी गरेका छन् । जसमा बन्दा र ब्रोकाउली पनि छन् ।

‘क्रुसिफेरी’ वर्गका ती वनस्पति खाँदा पेटलाई फाइदा हुन्छ। तर त्यसको विस्तृत कारण भने त्यति स्पष्ट भइसकेको छैन।

फ्रान्सिस क्रिक इन्स्टिट्युटका वैज्ञानिकहरूले ती सागपात पचेपछि पेटमा क्यान्सर प्रतिरोधी रसायन बनेको प्रमाण भेटेको बताएका छन् । क्यान्सर रिसर्च यूकेले धेरै सागपात खानु पर्नाका पर्याप्त कारणहरू रहेको बताएको छ।

यो अनुसन्धानले मुसा र प्रयोगशालामा विकसित आन्द्राको अध्ययन गरेर कसरी सागपातले आन्द्राको भित्री सतहलाई फेरिदिन्छ भनेर हेरेको थियो । आन्द्राको सतह पनि छालाजस्तै निरन्तर रूपमा बनिराख्छ। यो प्रक्रियाका लागि चारदेखि पाँच दिन लाग्छ। तर यो निरन्तर भइराख्ने प्रक्रिया नियन्त्रित हुनुपर्छ। नत्र यसले क्यान्सर वा आन्द्रामा ‘इन्फ्लमेशन’ अर्थात् शूल हुनसक्छ।

‘इम्युनिटी’ जर्नलमा प्रकाशित सो अनुसन्धानबारेको लेखमा उपर्युक्त सागपातमा भएका रासायनिक तत्त्वहरू महत्त्वपूर्ण रहेको उल्लिखित छ ।

यी सागपात चबाउँदा बन्ने इन्डोल-३-कार्बिनल नाम गरेको रसायनबारे अनुसन्धानकर्ताहरूले अध्ययन गरेका थिए । अनुसन्धानकर्ता डा. गिटा स्टकिङ्गर भन्छिन्, “सागपात धेरै नपाकोस्, ब्रोकोली ढाडिएको नहोस् भनेर हेक्का राख्नुपर्छ।”

पाचनप्रणालीभित्र यात्रा गर्दै जाँदा यो रसायन पेटमा हुने अम्लसंग मिसिएर परिवर्तित हुन्छ । तल्लो आन्द्रामा यसले आन्द्राको सतह पुनरुत्पादन गर्ने ‘स्टेम सेल’ र शूल नियन्त्रण गर्ने ‘इम्युन सेल’हरूको गतिविधिलाई फेरिदिन सक्छ।

अनुसन्धानले इन्डोल-३-कार्बिनल प्रचुर मात्रामा हुने खानेकुराले आनुवंशिक कारणले उच्च जोखिम भएका मुसालाई पनि क्यान्सरबाट जोगाएको अनुसन्धानले देखाएको छ।

आन्द्राको क्यान्सरका लक्षणहरू:
दिसामा निरन्तर रगत देखिनु
धेरै पटक दिसा बस्नुपर्ने हुनु
पेट दुख्नु, फुल्नु र अप्ठेरो हुनु
सुरक्षात्मक खानाविना पेटका कोषहरू अनियन्त्रित रूपमा बढे।

स्टकिङ्गर भन्छिन्, “मुसाहरूमा ऐँजेरु बन्न थालेपछि हामीले उपयुक्त खाना दिन थाल्यौँ। त्यसले ऐँजेरुको वृद्धिलाई रोकिदियो।” स्टकिङ्गरका अनुसार सो अनुसन्धानबाट पत्ता लागेको कुरा ‘आशाप्रद’ छ।

आफूले मासु खान घटाएर धेरै सागसब्जी खान थालेको उनी बताउँछिन्।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ६ : ०५ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका