प्रहरीबिरुद्ध नै विप्लवले जारी गरे पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी ! « Khabarhub

प्रहरीबिरुद्ध नै विप्लवले जारी गरे पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी !


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युस्टि पार्टी(नेकपा)ले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ ।

जनअदालतका प्रमुख विकासको नाममा विज्ञप्ति जारी गर्दै नेकपाले प्रहरी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

सुराकी गरेर स्थानीय नेता कार्यकर्ता र जनतालाई दुख दिएको भन्दै नेकपा कैलालीले बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई भैरव कुँवरविरुद्ध २५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जीमा जनाइए अनुसार तुफानकुमार साउदको जाहेरिपछि जिल्ला जनसरकारले छानबिन गरी प्रहरी असई कुवरलाई पक्राउ गर्नुपर्ने प्रतिवेदन पेश गरेकाले पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ ।

देश र जनताको हितबिपरित नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण ज्यानमार्ने उद्योगसम्बन्धी कसुर गरेको भनी जाहेरी परेका कारण बाटोम्याद बाहेर २५ दिनभित्र पक्राउ गरेर ल्याउन विज्ञप्तिमा भनिएको छ ।

‘देश र जनाताको हित विरुद्ध फौजदारी कार्य विधी संहिताको दफा ४८ को उपदफा ६ सँग सम्बन्धित’ भन्दै जारी गरिएको विज्ञप्तिमा तोकिएको समयमा आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परि यस जनअदालतमा हाजिर हुन आउन आदेश दिइएको छ ।

हाजिर हुन आए उनको व्यवहार समेत बुझि जनअदालतको कानुन बमोजिम कारवाही हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ– नआई यो म्याद गुजारी फरार रहेर फेरि देश र जनताको विरुद्ध नेता कार्यकर्ताको सुराकी अपहरण, हत्या, यातनामा संलग्न भए जिल्ला जनसुरक्षा विभागलाई जुनसुकै बेला पनि कारवाही गर्न पनि आदेश दिइएको छ ।’

पक्राउ पुर्जीको वेवास्ता गर्ने र अपहरण, यातना, सुराकी लगायतका काममा संलग्न भए जुनसुकै बेलापनि इन्काउन्टर गर्न सकिने चेतावनी विप्लवको जिल्ला जनसुरक्षा विभाग कैलालीले जारी गरेको विज्ञप्तिमार्फत दिइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ४ : ४३ बजे

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित