आईसीसी टि–२० र एकदिवसीय क्रिकेट वरियतामा नेपाल यथावत « Khabarhub

आईसीसी टि–२० र एकदिवसीय क्रिकेट वरियतामा नेपाल यथावत


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल ११‌ औँ स्थानमा यथावत रहन सफल भएको हो ।

केही समय अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँग २ खेलको अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला क्लिन स्विप गरेको नेपाल अन्तर्राष्ट्रिय वरियतामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।

एसोसियट राष्ट्रबाट टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा छ । टी–ट्वान्टी वरियतामा शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका छन् भने चौंथो स्थानमा भारत र पाँचौ स्थानमा न्युजिल्याण्ड छन् ।

यस्तै, एकदिवसीय अन्तर्राष्ट्रियमा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा विश्वकप क्रिकेट विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ५ : ४६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको