सत्ता र प्रतिपक्षको सहमतिमा देशमा ब्रम्हलुट : कमल थापा « Khabarhub

सत्ता र प्रतिपक्षको सहमतिमा देशमा ब्रम्हलुट : कमल थापा


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष कमल थापाले देशमा कांग्रेस र कम्युनिष्टले सहमति मै देशमा ब्रम्हलुट मच्चाएको बताएका छन् ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनद्वारा शनिवार राजधानीमा आयोजित उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रमुख प्रतिपक्ष कांग्रेस समेत भ्रष्टाचारको हरेक काण्डमा भागिदार भएकोले प्रतिपक्ष आवाज कमजोर र नगण्य हुँदै गएको बताएका छन् ।

देशमा राजसंस्थालाई हटाईएको १३ वर्ष भएको भएपनि देश झन् झन् जटिल अवस्थामा पुगेको बताउँदै अध्यक्ष थापाले राजसंस्था हटाएपछि देश अभिभावकविहिन भएको र जसले जे गरेपनि हुन्छ भन्ने स्वेच्छाचारिता बढेको बताए ।

अध्यक्ष थापाले भने -देश झन जरजर अवस्थामा छ, भ्रष्टाचार अहिले जस्तो नाङ्गो ढंगबाट यस भन्दा अगाडि कहिल्यै देखिएको थिएन ।

एनसेलको कर छली प्रकरणमा करिब ४० अर्ब भन्दा धेरै भ्रष्टाचार भएको, वाईड डी जहाज खरिद कान्डमा ४ अर्बभन्दा धेरै भ्रष्टाचार भएको, ३८ सय किलो सुन त्रिभुवन विमान स्थलबाट मात्र तस्करी भएको, बुढी गण्डकी र मेलम्ची काण्डमा अरबौं भ्रष्टाचार भएको, ११४ रोपनी बालुवाटारको जग्गा भुमाफिया खडा गरेर हड्पने प्रयास भएको सार्वजनिक हुँदा छानबिन र कारबाही नहुनु दु:खद हो ।’

अध्यक्ष थापाले सत्ता र प्रतिपक्षको मिलेमतोमा सबै भ्रष्टाचारमा राष्ट्रिय सहमति रहेको उल्लेख गरेका छन्, यो विकास र समृद्धिका लागि मात्रै होइन देशको अस्तित्व कै लागि डरलाग्दो कुरा भएको उनको भनाइ थियो ।

अहिले एउटा सत्तारुढ दल स्कुल विभाग विवादमा फसेको, कांग्रेस महाधिवेशन टुंगो लगाउने विवादमा अल्झिरहेको राष्ट्रिय महत्त्वका विषय ओझेलमा परिरहेको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले न्याय दिने निकायहरुमा कार्यकर्ता भर्ना गरिनु, सुरक्षा अंगमा छानीछानी आफ्ना मान्छे राखिनु, कारबाही गर्ने सबै निकायमा वर्षौसम्मका लागि आफ्ना मान्छे सेटिङ गर्ने काम भइरहेकोमा चिन्ता समेत व्यक्त गरे । उनले यस्तो अवस्थामा कसले गर्ने कारबाही? भनी प्रश्न गरे ।

कांग्रेस र कम्युनिष्टले तय गरेको मार्गचित्र गलत भएको र अलग विचार सहितको विकल्प राप्रपाले दिएको उनको भनाइ थियो ।

राप्रपाका वरिष्ठ नेता दिपक बोहराले राष्ट्रवादी विद्यार्थीहरुकै साथ, सहयोग र प्रेरणामा नै अबको आन्दोलन अघि बढ्ने भएकाले तयार रहन विधार्थीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा संगठनका पूर्व अध्यक्षहरु धनबहादुर बुढा, राजाराम बर्तौला, युवक संगठनका अध्यक्ष प्रकाश रिमाल, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, उपाध्यक्ष कमल बम, निराजन बम लगायत जिल्ला र क्याम्पस कमिटिका नेताहरूले नेपालको विद्यार्थी आन्दोलन र राष्ट्रवादी आन्दोलनमा राप्रविसंको भूमिका बारे आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ६ : २३ बजे

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन

चाडपर्व लक्षित ट्राफिक प्रहरीको सक्रियता : सुरक्षित यात्राका लागि सचेतना

काठमाडौं– दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले