पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आयो–नेता भुसाल « Khabarhub

पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आयो–नेता भुसाल


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ गोरखाले शनिवार गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम उनले इतिहासलाई हेरेर नभई नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको बताए ।

उनले अब पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्ने बताए । “जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग सङ्घर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ”, नेता भुसालले भने, “अब अलमल गरेर बस्ने होइन ।”

चुनाव जित्ने र सत्तामा पुग्ने मात्र पार्टीको सपना भए अझै १० वर्षसम्म केही नगर्दा पनि हुने भन्दै उनले समाजवाद पुग्ने हो भने नेपाली मोडलको कार्यदिशा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

“इतिहासमा यो गर्‍यौँ ऊ गर्‍यौँ भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ, उनले भने, त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर बस्नु हुँदैन ।”

नेता भुसालले अहिले नेपाल कम्युनिष्ट पार्टीलाई जनताले लेकमा पुर्‍याएको व्यङ्ग्य गर्दै एकैपटक तराईबाट लेकमा पुग्दा पार्टीको जीवन लेकमा समायोजन हुन केही समस्या र अप्ठ्यारा आउनु स्वाभाविक भएको तर्क गरे । “जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेक पुग्दा केही त्यहाँको वातावरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा भएको पनि त्यस्तै मात्र हो, अरु ठूलो समस्या छैन”, उनले भने ।

नेता भुसालले १५ दिनभित्रमा सकिने जिल्ला कमिटीको एकताको काम टुङ्ग्याउन १५ महीना लगाउने काम गलत भएको बताए । “अखिर १५ दिनमै सकिने रहेछ, त्यति कामका लागि हामीले १५ महीना लगायौँ, यसले राम्रो सन्देश जाँदैन, उनले भने , यस्ताखालका कमकमजोरी अब हुन दिनु हुँदैन ।”

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  ७ : ५१ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ