मौसम अपडेट : देशैभर सामान्य बदली, उपत्यकामा बिहानै वर्षा « Khabarhub

मौसम अपडेट : देशैभर सामान्य बदली, उपत्यकामा बिहानै वर्षा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित भएकाले नेपालमा अझै मनसुन सक्रिय छ । यही सक्रियताकै कारण आज (मंगलबार) बिहानै काठमाडौं उपत्यकामा वर्षा भएको छ । बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा निम्न चापिय प्रणाली बनेको जसका कारण देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्णतया बदलिको अवस्था छ। साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी विवरण यस्तो छ :

भदौ १७ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखिन्छ |

राति: देशका अधिकांस स्थानहरुमा सामन्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ १८ गते (बुधबार)

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भदौ १९ गते (बिहिबार)

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : १० बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ