ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो | Khabarhub Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको देउखुरीमा सोमबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

लमही भालुबाङ सडकखण्डको पिपरीमा दुईवटा मोटरसाइकल दुर्घटना लगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा २६ वर्षीय बालकृष्ण भण्डारी र २७ वर्षीय विनायक चौधरी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

सोही दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका –८ बिजौरीका २८ वर्षीय दीपक मरासिनी गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : १५ बजे

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय

माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : प्रचण्ड 

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशका पूर्वी र मध्यभागका

रवि लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको

काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशभरका अधिकांश स्थानमा बिजुली