ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो « Khabarhub

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको देउखुरीमा सोमबार राति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

लमही भालुबाङ सडकखण्डको पिपरीमा दुईवटा मोटरसाइकल दुर्घटना लगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा २६ वर्षीय बालकृष्ण भण्डारी र २७ वर्षीय विनायक चौधरी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

सोही दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका –८ बिजौरीका २८ वर्षीय दीपक मरासिनी गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ९ : १५ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ– दाङको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल