भदौमा राष्ट्रिय चलचित्र कन्फरेन्स हुने « Khabarhub

भदौमा राष्ट्रिय चलचित्र कन्फरेन्स हुने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र केन्द्रको संयुक्त आयोजनामा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स हुने भएको छ । कार्यक्रम यही यही भदौ २६, २७ र २८ गते राष्ट्रिय चलचित्र कन्फ्रेन्स राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने संयोजक अनुप सुवेदीले जानकारी दिए ।

कार्यक्रममा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल पनि गरिनेछ । यस्तै चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुत गर्नेछन् ।

साथै सो अवसरमा चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुतिका साथै डा. हरि शर्माको नेपाली समाजको अर्थ राजनीतिमा चलचित्रको महत्त्वका विषयमा ‘किनोट स्पीच’ पनि प्रस्तुत समेटिने जनाइएको छ ।

कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ, अस्कर इन्टरनेशनल कलेज आदिको सह–आयोजना रहने गरी सम्पन्न हुन लागेको हो । कन्फरेन्सले नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न र बहसमा सहभागी गराउन पनि भूमिका खेल्ने विश्वास लिइएको छ । आयोजकले यस्ता खाले कन्फरेन्स नेपालमा पहिलोपटक हुन लागेको बताएको छ ।

नेपाली समाज बुझ्न नेपाली चलचित्रको अध्ययन, विश्लेषणले मद्दत हुने कुरा पनि यस्ता कार्यक्रमले स्थापित गर्ने सहयोग पुग्ने संयोजक अनुप सुवेदीले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : ०८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।