डेंगु रोगको निःशुल्क उपचार गर्न निर्देशन « Khabarhub

डेंगु रोगको निःशुल्क उपचार गर्न निर्देशन


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर डेंगुका बिरामी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव डेंगुका बिरामी भेट्न अस्पताल पुगेका छन् ।

स्वास्थ्यराज्य मन्त्री आदवले मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेका डेंगुका बिरामीहरुलाई भेटेका हुन् ।

बिरामीको स्वास्थ्य अवस्था हेरेपछि स्वास्थ्य राज्यमन्त्री यादवले अस्पतालका निर्देशकलाई डेंगुको उपचार नि:शुल्क गर्ने व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् ।

उनले शुक्रराज अस्पताल आएकी बिरामीलाई रेफर हुनुपर्ने अवस्था नआउने गरी उपचार गर्न निर्देशन समेत दिएका छन् । साउन यता मात्रै देशभर १५ सय भन्दा बढीमा डेंगु रोग देखिएको छ ।

कसरी सर्छ डेंगु ?

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले मानिसलाई बिहान, बेलुका तथा दिउँसोको समयमा टोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।

यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ । डेंगु सार्ने लामखुट्टेले सफा पानी जमेको ठाउँमा फुल पार्ने गर्छ ।

वर्षातपछि पानी जम्ने स्थानहरुमा एडिस इजिप्टाई जातको लामखुट्टेको संख्या बढी हुने हुँदा वर्षातपछि डेंगुको संक्रमण पनि बढेको पाइन्छ ।

पानी जम्ने टिनका डब्बाहरु, रङ्गका खाली डब्बा, थोत्रा तथा पुराना टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, फुलदानी, गमला, कुलर, पानीका ट्यांकी आदिमा यो जातको लामखुट्टेले फूल पार्ने र नयाँ लामखुट्टेको संख्या बढाउँने काम गर्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

–एक्कासी उच्च ज्वरो आउनु,

–लगातार ५ देखि ७ दिनसम्म ज्वरो आउनु,

–असाध्यै टाउको दुख्नु,

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु,

–ढाड जोर्नी तथा मांसपेशीहरु दुख्नु,

–शरीरमा बिमिरा आउनु ।

डेंगुबाट यसरी बच्नुहोस्

–डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नुपर्छ,

–पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा  पानी जम्न नदिने उपाय गर्नुपर्छ,

–पानीका ट्याङ्कीमा लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ,

–कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक-दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने,

–फुलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुई पटक फेर्नुपर्छ,

–एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ,

–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ,

–लामखुट्टेको टोकाईबाट बच्न लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ ।

–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : २२ बजे

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै