डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु « Khabarhub

डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– डेङ्गु र स्क्रबटाइफसबाट चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए ।

पछिल्लो समय दुवै रोगको सङ्क्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताए । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेको उनको भनाइ थियो ।

महानगरमा सङ्क्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । जसअन्तर्गत गत शनिबार सचेतना र्‍याली निकालिएको थियो । दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ । केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । सङ्क्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  २ : ५७ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने