क्यालिफोर्नियामा भएको डुङ्गा दुर्घटनामा २५ जनाको मृत्यु « Khabarhub

क्यालिफोर्नियामा भएको डुङ्गा दुर्घटनामा २५ जनाको मृत्यु


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जल्स– अमेरिकाको क्यालिफोर्निया राज्यमा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

लस एन्जल्स शहरबाट १४५ किलोमिटर पश्चिममा रहेको सान्टा क्रुज टापुनजिकै डाइभ बोटमा एक्कासी आगलागी भएको अधिकारीले जनाएका छन् ।

दुर्घटनाका क्रममा हराइरहेका २५ जनाको शव भेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा हराइरहेका अन्य ९ जनाको खोजीकार्य जारी छ ।

डुङ्गामा ३९ जना सवार रहेकोमा ५ जनालाई भने सकुशल उद्धार गरिएको छ ।

डुङ्गामा आगलागी के कारण भएको भन्ने स्पष्ट भइसकेको छैन । दुर्घटनाग्रस्त डुङ्गाको भग्नावशेष सान्टा क्रुज टापुको उत्तरतर्फ ६४ फिटको गहिराईमा रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ३ : १६ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक