म्यान्मारमा पनि मनाइयो तीज « Khabarhub

म्यान्मारमा पनि मनाइयो तीज


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यान्मारमा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन् । यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो ।

कार्यक्रममा चार सयभन्दा बढी नेपालीभाषी म्यान्मार्ली महिलाको सहभागिता थियो । नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड गरिएका नेपाली गीतमा पनि उनीहरुले नाचगान गरेका थिए ।

यस्तै तीजकै अवसर पारेर नेपाली दूतावासमा नेपाली हस्तकलाका सामग्रीसहितको मेला पनि लागेको थियो । मेलामा नेपाली खाना तथा म्यान्मार र नेपालका हस्तकलाका सामग्रीका बीस कक्ष थिए । कार्यक्रमका लागि नेपालबाट हस्तकलाका सामग्री लिएर १६ महिला उद्यमी म्यान्मार‘बर्मा’ पुगेका थिए ।

यान्गुन सरकारका पर्यटनमन्त्री ना पान थिन्जार मिउले मेलाको उद्घाटन गर्दै नेपाली हस्तकलाको प्रशंसा गर्नाका साथै दुवै देशले व्यापार र पर्यटनबाट फाइदा लिन सक्ने बताए ।

कार्यक्रममा म्यान्मारका लागि नेपाली राजदूत भीमकृष्ण उदासले नेपाल र म्यानमारबीचको सुमधुर सम्बन्ध नागरिकस्तरमा पनि विस्तार भइरहेको बताए । उनले सन् २०२० मा नेपालले पर्यटन वर्ष मनाउन लागेकाले बुद्धभूमि नेपाल ‘बर्मेली’ पाहुनालाई स्वागत गर्न आतुर छ भने ।

कार्यक्रममा राजदूत पत्नी रञ्जना उदासले विभिन्न सामाजिक संस्थामा योगदान गर्ने नेपालीभाषी महिलालाई थैली उपहार दिएर सम्मान गरेकी थिइन् । म्यान्मारमा एक लाखभन्दा धेरै नेपालीभाषी छन् । नेपालीभाषीले म्यानमारभर करीब चार सय मन्दिर स्थापना गरेका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ४ : ४६ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ