पुबुदु दशानायके नयाँ भूमिकामा फेरी नेपाल आउँदै | Khabarhub Khabarhub

पुबुदु दशानायके नयाँ भूमिकामा फेरी नेपाल आउँदै


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार वर्ष अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा सफल बनेका पुबुदु दशानायके पुन: नेपाल आउने भएका छन् ।

तर यसपाली उनले राष्ट्रिय टोली नभई नेपालका व्यवसायिक टी-२० क्रिकेट एभरेष्ट प्रिमियर लिग इपीएल खेल्ने भैरहवा ग्लाडियटर्स टोलीलाई प्रशिक्षण दिनेछन् । भैरहवा ग्लाडियटर्सका मालिक आदित्य साँघाईले दशानायकेलाई लामो समयका लागि अनुबन्ध गरेको बताएका छन् ।

भर्खरै मात्र उमेश पटवाल एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएकोले दशानायकेलाई तत्काल राष्ट्रिय टोलीमा फर्किने ठाउँ छैन । नेपाललाई आफ्नो दोस्रो घर बताउने दशानायकेले नयाँ भूमिकामा आफू उत्साहित भएको बताएका छन् ।

उनले भनेका छन्, “नेपाल सधैँ मेरो मुटु नजिक छ । म जुनसुकै भूमिकामा पनि नेपाली क्रिकेटमा सहयोग गर्न चाहन्छु।” इपीएलको सन् २०१७ र सन् २०१८ को संस्करणमा फाइनल पुगेर पनि पराजित भएको भैरहवाले दशानायकेलाई छोटो अवधि नभई लामो अवधिका लागि हेर्ने जिम्मा दिन खोजिएको छ ।

भैरहवा ग्लाडियर्सका कप्तान शरद भेषावकरले दशानायकेको आगमनले छुट्टै रोमाञ्च दिएको प्रतिक्रिया दिएका छन् । “हामी लगातार दुई वर्ष फाइनलमा पुगेर रोकियौँ। अब च्याम्पियन बन्ने विश्वास छ । ”

इपीएलको नयाँ संस्करण आगामी फेब्रुअरीबाट शुरू हुनेछ। प्रतियोगिता शुरू हुनु एक महिना अगाडि उनी नेपाल आइपुग्नेछन् । उनको पारिश्रमिक भने खुलाइएको छैन ।

श्रीलङ्कामा जन्मेका क्यानडाली नागरिक ४९ वर्षीय दशानायके सन् २०११ देखि चार वर्ष नेपालको प्रशिक्षक थिए । सन् २०११ मा क्यानडालाई विश्वकपसम्म पुर्‍याएका उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ३३ बजे

माछा बेचेर ६ लाख १७ हजार रुपैयाँ राजश्व संकलन

मकवानपुर– मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष (आव) २०८१–८२

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो