काठमाडौं बाहिर पहिलोपटक सेनाको एयर बेस सञ्चालनमा « Khabarhub

काठमाडौं बाहिर पहिलोपटक सेनाको एयर बेस सञ्चालनमा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर–  नेपाली सेनाले पहिलोपटक काठमाडौं उपत्यका बाहिरबाट पनि हवाई सेवा सञ्चालन गर्ने गरी पश्चिम एयर बेस सञ्चालनमा ल्याएको छ ।

नेपाली सेनाले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई लक्षित गर्दै कर्णालीको सुर्खेतमा एयर बेस सञ्चालनमा ल्याएको हो ।

मंगलबार एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले सुर्खेतमा स्थापना गरिएको एयर बेसको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

काठमाडौं केन्द्रित रहेको हवाई सेवालाई देशभर विस्तार गर्ने गरी सेनाले देशका पूर्व र पश्चिमी क्षेत्रमा एयर बेस स्थापना गरिरहेको छ ।

सेनाको सुर्खेतस्थित ‘पश्चिम एयर बेस’मा अहिले ह्याङ्गर निर्माण कार्यको समेत थालनी गरिसकेको छ । हालका लागि पश्चिम एयर बेसमा एमआई–१७ सहितका २ वटा हेलिकोप्टर नियमित रुपमा तैनाथ गर्न सकिने अवस्था रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले कर्णालीलगायत सुदूरपश्चिम र प्रदेश ५ का केही जिल्लामा विपदका बेला उद्दार तथा राहातका लागि पश्चिम एयर बेसबाट हवाई सेवा सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ३९ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा