दोस्रो चरणको राष्ट्रिय जागरण अभियान थाल्दै कांग्रेस « Khabarhub

दोस्रो चरणको राष्ट्रिय जागरण अभियान थाल्दै कांग्रेस


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय लिने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलनमार्फत् सो कार्यक्रमको घोषणा गर्ने जानकारी दिएका हुन्।

मंगलबार जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रीय भातृ संगठनहरूको केन्द्रीय कार्यसमितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ। त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरूको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्यसमितिले आजै टुंगो लगाउने कांग्रेसले जनाएको छ।

प्रवक्ता शर्माले पार्टी केन्द्रीय कार्यसमितिको बैठक आजै सकिने र भोलि अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको पनि बताए। कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टीको विधान लगायतका १४ बुँदे एजेन्डामाथि छलफल तय गरेको थियो।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : ५७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग