गाईलाई भीरबाट खसालेर मारेका हैनौँ– नगर प्रमुख राणा « Khabarhub

गाईलाई भीरबाट खसालेर मारेका हैनौँ– नगर प्रमुख राणा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्सेर राणाले सुर्खेतमा गाई मरेको प्रकरण गौहत्या नभएको दावी गरेका छन् । मंगलबार यहाँका पत्रकारहरुसँग भएको छलफलमा प्रमुख राणाले उक्त घटना गौहत्या नभई दुर्घटना भएको बताए ।

गत शुक्रबार नेपालगञ्जको काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटुवा जंगलको भीरबाट खसालिएर गाई मारेको विषयमा स्पष्ट पार्दै उनले भने, ‘यो गौहत्या नभई दुर्घटना हो, गाई भीरबाट खसालेर मारेको भन्ने प्रचारमा कुनै सत्यता छैन, ट्रकभित्र गाई मरेपछि आत्तिएर सँगै गएका कर्मचारीले छाडेका रहेछन् ।’

उक्त घटना हुँदा बाहिर रहेका नगर प्रमुख राणाले नेपालगञ्ज आएपछि मंगलबार पत्रकारसँगको छलफलमा भने, ‘गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको हो, यो नियतवश घटाइएको घटना होइन ।’

आफूले नेपालगञ्जको छाडा गाईलगायत पशु चौपाया व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्ज, जिल्ला वन डिभिजन कार्यालय, प्रदेश ५ का मुख्यमन्त्रीसँग छलफल गरे पनि सार्थक परिणाम हासिल हुन नसकेको नगर प्रमुख राणाले गुनासो पोखे ।

‘हामीले नेपालगञ्जका नागरिकहरुको सहयोगसमेत लिएर गाई व्यवस्थापनमा काम गरेकै थियौँ, तर नगरपालिकाको एक्लो प्रयासले मात्र यो सम्भव नहुने रहेछ’, उनको भनाइ थियो ।

नगरप्रमुख राणाले बर्दियाको बाँसगढी नगरपालिकालगायतका स्थानीय तहले पहाडी जिल्लामा गाई पठाएको थाहा पाएपछि आफूहरुले पनि गाई दैलेख पठाएको बताए ।

छलफलमा सहभागी पत्रकारहरुले अल्पकालीन र दीर्घकालीन योजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन र संरक्षण गर्नुपर्ने सुझाव दिएका थिए ।

छलफलमा भारतबाट नेपालगञ्ज धपाइएका पशु चौपाया रोक्नुपर्ने, गाई र अन्य पशुपालकहरुको पशुमा ट्याग लगाउने र यसरी ट्याग लगाएका पशु छाडा छाडिएमा दण्ड, जरिवाना गर्नुपर्ने, गौशाला निर्माण गरी छाडा गाईको व्यवस्थापन गर्नुपर्ने लगायतका सुझाव पनि दिएका थिए ।

नगरप्रमुख राणाले अब सबै पक्षको सुझावको आधारमा स्पष्ट कार्ययोजना बनाएर छाडा गाईलगायत पशु चौपायाको व्यवस्थापन गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : १७ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी