प्रभासको ‘साहो’ ले चौथो दिन कति कमायो? « Khabarhub

प्रभासको ‘साहो’ ले चौथो दिन कति कमायो?


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो बजेटमा निर्माण भएको फिल्म ‘साहो’ को यतिबेला नेपालमा पनि उत्तिकै चर्चा र चासो छ । ३ सय ५० करोड भारुमा बनेको यो फिल्मलाई दर्शकले खासै रुचाएनन् । तर, फिल्मले हिन्दी भर्सनमा धमाकेदार कमाइ गरेको छ । भलै यो फिल्म बल्कबस्टर फिल्मजस्तो छैन ।

फिल्मले पहिलो दिन २४ करोड ४० लाख भारु कमाइ गरेको थियो । यस्तै दोस्रो दिन २५ करोड २० लाख कमाइ कमाइ गरेको थियो ।

आइतबार भारतमा हुने विदाको पनि फिल्मले फाइदा लियो । फिल्मले आइतबार २९ करोड ४८ लाख भारु कमायो ।

विकेन्डपछि फिल्मले आइतबार अर्थात् चौथो दिन पनि दमदार व्यापार गरेको छ । फिल्मले सोमबार १४ करोड २० लाख भारु हिन्दी भर्सनमा मात्र कमाइ गरेको छ । फिल्मले चार दिनमा हिन्दीमा मात्र ९३ करोड २८ लाख भारु कमाइ गरेको भारतीय मिडियाले जनाएका छन् ।

प्रभाससँगै श्रद्धा कपूर, निल नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डे लगायतका कलाकारको अभिनय रहेको फिल्म एक्सनले भरिपूर्ण छ । फिल्मको विश्वव्यापी कमाइ भने ३ सय ३० करोड भारू छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : ४४ बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्